शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले गर्यो भारतीय हस्तक्षेपको विरोध
झिमरुक पोस्ट
सोमवार, जेष्ठ २२, २०८०
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले भारतीय हस्तक्षेपको विरोध गरेको छ ।
भारतको संसद् भवनमा झुन्ड्याइएको नक्सामा नेपालका कपिलवस्तु र लुम्बिनीलाई समेत सामेल गरिएपछि समाजले विरोध व्यक्त गरेको हो ।
अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८० जेठ २१ गते जारी प्रेसवक्तव्यमार्फत समाजले भारतीय साम्राज्यवादको उक्त कदमको भत्र्सना गरेको छ ।
वक्तव्यमा नेपालको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि भारतीय साम्राज्यवादबाट हस्तक्षेप गरिएको भन्दै त्यसका विरुद्ध विश्वभरिका नेपालीलाई आवाज उठाउन आग्रह गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ : “भारतको संसद् भवनको भित्तामा झुन्ड्याइएको नक्सामा नेपालका कपिलवस्तु, लुम्बिनी क्षेत्रलगायतका स्थानलाई पनि सामेल गरिएको छ । भारतको उक्त साम्राज्यवादी कार्यप्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ ।
भारतीय साम्राज्यवादले नेपालका विभिन्न भूभागमा अतिक्रमण र हस्तक्षेप गर्दै आएको छ । अहिलेको नक्सा प्रकरण भारतीय साम्राज्यवादी नीतिको त्यही सिलसिला हो । नेपालको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि भारतीय साम्राज्यवादबाट भएको उक्त हस्तक्षेपका विरुद्ध दृढतापूर्वक विरोध र सङ्घर्ष गर्नका लागि हामीले नेपालका जनता र विश्वमा छरिएर बसेका सम्पूर्ण र देशभक्त नेपालीलाई हार्दिक आह्वान गर्दछौँ ।”
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले भारतीय हस्तक्षेपको विरोध गरेको छ ।
भारतको संसद् भवनमा झुन्ड्याइएको नक्सामा नेपालका कपिलवस्तु र लुम्बिनीलाई समेत सामेल गरिएपछि समाजले विरोध व्यक्त गरेको हो ।
अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८० जेठ २१ गते जारी प्रेसवक्तव्यमार्फत समाजले भारतीय साम्राज्यवादको उक्त कदमको भत्र्सना गरेको छ ।
वक्तव्यमा नेपालको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि भारतीय साम्राज्यवादबाट हस्तक्षेप गरिएको भन्दै त्यसका विरुद्ध विश्वभरिका नेपालीलाई आवाज उठाउन आग्रह गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“भारतको संसद् भवनको भित्तामा झुन्ड्याइएको नक्सामा नेपालका कपिलवस्तु, लुम्बिनी क्षेत्रलगायतका स्थानलाई पनि सामेल गरिएको छ । भारतको उक्त साम्राज्यवादी कार्यप्रति अन्तर्राष्ट्रिय नेपाली एकता समाजले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ ।