
२०२३/०६/०६ मंगलबार
मेघराज रिष्मेली जापान
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सचिव तथा राष्ट्रिय जनमोर्चा बैकल्पिक केन्द्रिय सदस्य एंव समाजसेवी , राजनितिक व्याक्तित्व बेदीलाल सापकोटा र उहांकी धर्मपत्नी यमकुमारी सापकोटा लाई जापान नेपाली एकता समाजले सम्मानित गरेको छ।
सापकोटा दम्पत्ती गल्कोट नगरपालिका वार्ड न ९ स्थाई हुनुन्छ र वैदेशिक भ्रमणको शिलशिलामा अहिले जापान हुनुभएको अवसर पारेर उहांले राजनिती र समाजमा पुर्याउनु भएको ज्उच्च योगदानको लागि सम्मान गरिएको थियो।
कार्यक्रम टोकियोको गिन्जा स्थित एभरेष्ट डाईनिङ्गको हलमा गरिएको थियो।
कार्यक्रममा प्रमुख अथिती बेदीलाल सापकोटा अथिती यमकुमारी सापकोटा , एकता समाज कान्तोका अध्यक्ष नारायण कॅंडेल , कान्तो कोषाध्यक्ष गोम बुढाथोकी सहित एकता समाजमा सम्बद्ध एव् सापकोटाका शुभचिन्तकहरूको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रमको अबसरमा प्रमुख अथितीले नेपालको समसामयिक राजनितिक घट्नाक्रम , समाजिक कामका बारेमा स्पष्ट आफ्नो धारणा सहित नेपालबाट जापानलाई कर्मथलो गराउदै आउनुभएका साथीहरू यहां व्यस्त समयको बाबजुत पनि आफ्नो संगठनलाई निरन्तरता दिनुभएकोमा सबैलाई स-धन्यवाद र आफु जापान आएर सम्मानित हुन पाउॅंदा र साथीहरू यो जमघट उत्साह देख्दा हर्षित भएको बताउनु भयो ।
कार्यक्रम जापान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षता उपाध्य डण्ड सापकोटा के सीको स्वागत मन्तव्य एकता समाज कान्तो क्षेत्रीय समिती सदस्य दयाराम सुवेदीको शुभकामना मन्तव्य र जापान नेपाली एकता समाज केन्द्रिय समिती सचिब धनराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।