
जेष्ठ २४, प्युठान ।
जुमान सिंह के सी
प्यूठान जिल्ला अस्पतालमा डायलाइसिस विभाग संचालन गर्नका लागि बुधवार सर्वपक्षिय सरोकारवाला निकायबिच छलफल भएको छ ।
जिल्ला समन्वय समिति प्यूठानको आयोजनामा भएको छलफलमा स्थानीय तहका प्रमुखहरु, सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला समन्वय समिति खलंगा प्युठानमा छलफल गरिएको छ।
डायलाईसिस सेवा संचालनका लागि आवस्यक श्रोत सुनिश्चितताको प्रतिवद्धता भएको छ ।
सेवा संचालनका लागि लायन्स क्लव डिष्ट्रिक ३२५ एन र लायन्स क्लव अफ प्यूठान मार्फत लायन्स क्लव इन्टरनेश्नलले कुल लागतको ७५ प्रतिशत लागत साझेदारी गर्ने प्रतिवद्धता प्राप्त भएकाले बाँकी २५ प्रतिशत लागत साझेदारी जुटाउने विषयमा छलफल भएको प्युठान अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टले जानकारी दिनुभयो । स्थानीय तहका प्रतिनिधिहरुले श्रोत सुनिश्चितताका लागि आगामी आ.व. २०८०/०८१ को बार्षिक कार्यक्रममा समेट्ने प्रतिवद्धता जनाएका छन् ।
डायलाईसिस सेवा संचालन गर्नका लागि सुरुवालमा करिब एक करोड एकसट्ठी लाखको लागत अनुमान गरिएको प्युठान अस्पतालका प्रबन्धक राजन घिमिरेले जनकारी दिनु छ।उहाले अस्पतालमा भएका मौज्दात जनशक्तिको ब्यबस्थापनबाट सेवा संचालन गर्न सकिने धारणा व्यक्त गर्नु भएको थियो।
नियमित डायलाइसिस गराउनुपर्ने विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता हुँदा धेरै खर्च लाग्ने भएकाले जिल्लामै सेवा संचालन गर्न लागिएको अध्यक्ष विष्टले उल्लेख गर्नु भएको छ।
जिल्ला समन्वय प्रमुख धर्मबहादुर जिसीले जिल्ला बासिलाई मात्रै होइन छिमेकी जिल्लालाई समेत सेवामा सहजता हुने भएकोले स्वास्थ्य जस्तो संबेदनसिल विषयमा सबैको सक्रिय साथ सहयोग रहन पर्ने बताउनु भएको छ साथै उहाँले सबै स्थानीयतह, अन्य सरोकारवाला सबैले हातेमालो गर्न आग्रह गर्नु भएको थियो।
जिल्लाका साझा सवालहरुमा स्थानीय तहहरुले संयुक्त रुपमा गर्दै आएको पहलको प्रशंसा गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले डायलाइसिस सेवा संचालनका लागि प्रदेश सरकार समक्ष अवाज उठाउने बताउनु भएको थियोे ।
प्यूठानका ९ वटै स्थानीय तह र छिमेकी जिल्लाका पालिकाहरुलाई समेत सहकार्यका लागि अनुरोध गर्ने निणर्य गरिएको छ।
प्युठान अस्पताल प्रदेश मातहत भएकाले प्रदेश सरकारले समेत लागत साझेदारी हुनु पर्नेमा सहभागीहरुको भनाइ रहेको थियोे ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले यसको निरन्तर सेवा सहितको दिगोपनाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नयाँ बजेट निर्माणको क्रममा रहेकोले सेवा संचालनका लागि सहयोगको प्रतिवद्धता जनाउँदै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले अस्पताल भित्रका सेवाहरु सुधार गर्दै राम्रो सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।
सेवा संचालनका लागि पालिकाहरुले हाल प्रदान गर्दै आइरहेको विपन्न नागरिक स्वास्थ्योपचार सहयोग, जेष्ठ नागरिक स्वास्थ्य उपचार सेवा जस्ता नीतिगत व्यवस्था मार्फत विरामीहरुको नियमित उपचारमा महत्वपूणर् सहयोग पुग्ने लायन्स क्लव अफ डिष्ट्रिक ३२५ एनका रिजन चेयरपर्सन अर्जुन कुमार कक्षपतीको भनाइ रहेको थियो।
यो सेवा प्युठान अस्पतालबाट संचालन गरी गुणस्तरीय सेवा दिनसकेमा प्युठानका जनाता मात्रै नभई छिमेकी जिल्लाबासीले समेत लाभ लिन सक्नेछ्न।