
झिमरुक संवाददाता प्युठान
झिमरुक गाउपालिका अध्यक्षको छोरा मिलन एमसिको नेतृत्वमा आएको टिमले आफुहरुमाथी कुटपिट र अभद्र व्यबहार गरेको भन्दै झिमरुक गाउंपालिकाका कर्मचारिहरुले अनिश्चितकालिन रुपमा सबै सेवाहरु बन्द गर्ने भएकाछन। झिमरुक गाउपालिकाका कर्मचारीहरुले संयुक्त हस्ताक्षर गर्दै आफुहरुमाथी दिनदाहाडै कार्यलय परिसर भित्रै कुटपिट र अभ्रद्र व्यबहार भएको भन्दै आजैदेखी सम्पुर्ण कामहरु बन्द गर्ने कुरा संयुक्त वक्तव्यमा उल्लेख छ।