बा. १ झ. ५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका ३ खोलेमा दुर्घटना हुँदा जिप चालक वालिङ नगरपालिका(४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।
पर्वतबाट स्याङ्जा आउँदै गरेको उक्त जिपमा सवार स्याङ्जा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रवीन्द्र खनालले जानकारी दिए।
सडकबाट करिब ५० मिटर तल खसेको जिप क्षतबिक्षत भएको छ। घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।