शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
ओमान नेपाली एकता समाजद्वारा दुई बिरामीलाई आर्थिक सहयोग
झिमरुक पोस्ट
बिहिबार, जेष्ठ २५, २०८०
टुकबहादुर रामदाम, मस्कट ।
ओमान नेपाली एकता समाजले दुई जना बिरामीलाइ आर्थिक सहयोग गरेको छ ।
समाजले तनहुँ जिल्ला ऋसिङ गाउँपालिका–७ बस्ने सूर्य रानामगर दुर्घटनामा परी गम्भीर घाइते भएकोमा २१,०२० अक्षरेपि एक्काइस हजार बिस रुपैयाँ सहयोग गरेको छ ।
बिरामीकी बुहारी सरस्वती रानाको नाममा रकम पठाई सो सहयोग गरिएको हो ।
त्यस्तै, सुनसरी जिल्ला रामधुनी नगरपालिका–७ निवासी कृष्णकुमारी श्रेष्ठ गत लामो समयदेखि मानसिक बिरामी रहेकोमा थप उपचारको लागि त्यत्ति नै रकम २१,०२० अक्षरेपि एक्काइस हजार बिस रुपैयाँ सहयोग गरिएको छ ।
उक्त रकम एकता समाजकी पूर्व सदस्य रोजी श्रेष्ठद्वारा हस्तान्तरण गरिएको हो ।
सो अवसरमा ओमान नेपाली एकता समाज दुवै जना बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।