शनिबार, साउन १२, २०८१

सन्धिखर्कमा जिप दुर्घटना हुँदा सात जना घाइते

वसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा डबल क्याब बोलेरो दुर्घटनामा परेको छ ।

आइतबार बिहान अर्घाबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जिप चुत्राबेसीको जनज्योति माध्यमिक विद्यालय माथिपट्टिको घुम्तीबाट करिब ५० मिटर तल जंगलमा खसेको हो ।

दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । बिहान करिब ९ बजे भएको दुर्घटना घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा घाइतेहरुको उद्दार गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal