शुक्रबार, भदौ २७, २०८२

कांग्रेस सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।

उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि हुनुहुन्छ ।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकिरहेको थिएन । नेपाल टेलिभिजन बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?