शनिबार, साउन १२, २०८१

पत्रकार महासंघलाई ‘साझा’ बनाउन गुल्मीका विभिन्न पत्रकार संगठनको अपिल

शंकरप्रसाद पोख्रेल, गुल्मी ।
गुल्मी जिल्लामा क्रियाशील विभिन्न पत्रकार सम्बद्ध संघ संगठनहरुले नेपाल पत्रकार महासंघलाई समावेशी र साझा संस्था बनाउन माग गरेका छन् । आइतबार प्रगतिशील पत्रकार संघ, नेपालसहित ती संगठनहरुले एक विज्ञप्ति प्रकाशित गरी केन्द्र र प्रदेशलाई सन्देश दिने गरी गुल्मी जिल्ला शाखालाई साझा बनाउन लागिएको बताएका छन् ।

साथै पत्रकार महासंघ गुल्मीलाइ साझा बनाउन आफूहरु वार्ता र सहमति गर्न तयार रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस वक्तव्यमा प्रेस चौतारीका अध्यक्ष शिव सुवेदी, प्रेस सेन्टरका संयोजक तिलाचन पाण्डे, प्रेस सेन्टरका केन्द्रीय सदस्य प्रेम सुनार, प्रगतिशील पत्रकार संघका सचिव शंकर पोख्रेल, प्रेस चौतारीका ज्ञानबहादुर महत्रा, प्रेस चौतारीका टोपलाल अर्याल र जनपत्रकार संगठनका संयोजक डिबि खड्काले हस्ताक्षर गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal