
काठमाडौं। काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन आजबाट गोंगबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने भएका छन्। काठमाडाैं महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको हाे।
आजदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायीसमेत सहमत भएका छन्। महानगरले आज यसकाे
अनुगमनसमेत गर्ने जनाएकाे छ ।
महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइने भएको छ। ‘बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्न सकिन्छ की भन्ने अध्ययन गर्न पनि कार्यदल गठन भएको छ ।
कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि, उपत्यका ट्राफिक प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिलगायत छन्।