
आफ्नै साथीको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमाका एक युवालाई पक्राउ गरेको छ।
तिलोतमा नगरपालिका वडा नं. १६ पुर्व बहियाका २२ बर्षिय ज्ञान बहादुर कँँवर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ७ का १८ बर्षिय सुमन कँवरको हत्या आरोपमा पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत जेठ ३० गते साँझ ७ बजेतिर मृृृत अवस्थामा फेला परेका थिए।
स्थानीय देवनाथ कँँवरको जस्ताले छाएको पक्की खाली घरमा मृृृत अवस्थामा फेला परेपछि अनुसन्धान गर्दै जाँदा ज्ञान बहादुरले उनको हत्या गरेको प्रमाणको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक थापाले मृतक र आरोपित दुबैजना केही समययता सँँगसँगै खाने, बस्ने, घुम्ने गर्दै आएको र सोही क्रममा उत्पन्न सामान्य विवादका कारण ज्ञान बहादुरले सुमनको हत्या गरेको अनुसन्धानबाट देखिएको बताए।
´केही समययता मृतक र हत्या आरोपित दुबैजना सँँगसँगै खाने, बस्ने, घुम्ने र लागू औषध गाँजा सेवन गर्दै आएको अनुसन्धानबाट देखिन्छ, सोही क्रममा सामान्य विवाद उत्पन्न भएपछि आवेशमा आई सुमनको हत्या गरेको आरोपितले स्वीकार गरेका छन्,` थापाले भने।
प्रहरी नायव उपरीक्षक थापाले सुमनको हत्या गर्नुमा ज्ञान बहादुरको कुनै पुर्व योजना नभएको र गाँजा सेवन गरेपछिको सामान्य विवादमा आफुभन्दा कम उमेरको व्यक्तिले मुख लागेको भन्दै तत्काल आवेशमा आई पानीको चापाकलको ह्याण्डिलले हानेर हत्या गरेको बताएका छन्।
जेठ ३० गते साँझ सुमनको हत्या गरेपछी फरार भएका ज्ञान बहादुरलाई तिलोत्तमा नगरपालिका वडा नं. ११ रामनगरमा लुकिछिपी बसेको अवस्थामा बिहीवार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
पक्राउ परेका कुँवरलाई जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
ईलाका प्रहरी कार्यालय बुटवलमा हाल दर्ता रहेका ३० बढी मुद्दामध्ये १२ वटा मुद्दा लागुऔषध सम्बन्धि रहेको थापाले बताए। थापाले पछिल्लो समय ४० प्रतिशत बढी घटना लागुऔषध दुर्व्यसनका कारण हुने गरेको समेत बताए। समयचक्रबाट