शुक्रबार, मंसिर २१, २०८१

याे किन यस्तो ?

जनक बिसि दक्षिण भारत
मानिसहरु समथर बाटो हिडिरहदा
म डाँडापाखाहरुमा हिडिरहेकाे हुन्छु
अरुहरु हाँसिरहेकाे बेला
म भने याे के भईरहेकाे छ
गम्भीरतामा साेचि रहेकाे हुन्छु
यसकारणमा मलाई याे किन यस्तो भन्दछन ।

अरु कराेड करोडौंकाे गाडी चढेको बेला
म पैदल हिडिरहेकाे हुन्छु
अरु खरबाैकाे आलिसान महलमा बसिरहेकाे हुदा
म झुग्गि झुपडीमा हुन्छु
अरुले न्याय कानुनलाई खिल्ली उडाई रहदा
म सम्मान गर्दछु
अरु अन्याय अत्याचारकाे पदमा हुदा
म न्यायकाे पथमा हुन्छु
यस मानेमा मलाई याे
किन ? यस्तो भन्दछन ।

अरुले देशकाे धुकुटि रित्याई रहदा
म त्यसकाे घाेर बिराेध गर्दछु,
अरुहरुले नेपाल आमालाई स्विजरल्यान्डकाे सपना देखाई रहदा
म नेपाल आमा कै सपना देखाउछु
अरुले दाजुभाइ दिदीबहिनी
आपसमा लडाएर फुटाउदा
म रास्ट्रियता एकताको पथमा कुदिरहेकाे हुन्छु
अरुले जातीय बिग्रहकाे गरि रहदा
म भने सधै जातीय समानता
सदभावकाे पथमा हुन्छु
यस मानेमा याे किन यस्तो ? भन्दछन सबैले ।

अरु सत्ता र कुर्चिकाे निमित्त मरि हत्ते गर्दा
म सधै त्यसकाे बिपक्षमा उभिरहेकाे हुन्छु
अरु रास्ट्रिय एकताको
बिपक्षमा हुँदा
म रास्ट्रिय एकताको पक्षमा
भई रहन्छु
यस मानेमा म फरक बाटो
कुदिरहेकाे काण
याे किन यस्तो ? भन्दछन सबैले ।

अरुहरु सत्तामा फाेहाेरि खेलखेलि रहदा
म सधै जनता माझ हुने गर्दछु अरु दैनिक उपभाेग्य सामग्री बजार मुल्य बढाई रहदा
त्यति बेला पनि म जनतासँग हुन्छु
अरुहरुले नेपाल आमालाई
टुक्राटुक्रा पारि खाने षड्यन्त्रको “महा” जाल बुनि
रहदा
म सधै त्यसकाे बिपक्षमा हुन्छु
अरुहरु शहिदकाे सपनाको
बिपक्ष हुदा
म भने तिनै महान शहिदले
देखाएको बाटोमा हिडि रहेकाे हुन्छु
यस मानेमा याे किन यस्तो ? भन्दछन सबैले ।

अरुहरुले देशको नदिनाला , सम्पती बेचिरहदा म त्यसकाे बिपक्षमा
हुन्छु
अरु देशको सब्य संकृति फालेर
बिदेशी फेसन “साे” भित्र्याई रहदा
म त्यसकाे बिराेध गरि रहन्छु अरुहरु बिदेशी मालिक”प्रभु” काे खुट्टामा
डल्लो परेर ढाेगि रहदा
म भने ती जनताको दुस्मनहरुकाे छातिमा लात हान्छु
र देशलाई डलरका डलरमा
बेच्ने काम भई रहन्छ भने
देश सिङ्गै त्यसखाँले
रास्ट्रघाति कदमका बिरुद्ध
बिपक्षमा जुरुक्क उठन पर्दछ यस
मानेमा पनि याे किन ? यस्तो भन्दछन सबैले ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?