उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन्। पति एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेका थिए।
तीन छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको आफन्तले बताएका छन्। भारतीय प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन्। उनको शव बुझेर अन्तिम संस्कार गरिसकिएको छ।