काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ जिल्लालाई सरकारले सौतेलो व्यवहार गरेको बताउनुभएको छ ।
जिल्लाका प्राथमिकता बजेटमा समावेश नगरिएको भन्दै केसीले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबार मन्त्री महतलाई भेट्न पुगेका अध्यक्ष केसीले जिल्लाका प्राथमिकतालाई बजेटमा समावेश नगरिएको, बजेट छुट्याइएका आयोजनामा समेत न्यून बजेट परेको तथा जिल्लालाई सौतेलो व्यवहार भएको बताउनुभयो ।
उहाँले बागलुङलाई छुट्याइएको बजेट अन्य जिल्लामा रकमान्तर नगर्न अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभएको भेटघाटमा संलग्न राजमोका पूर्वसचिव कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
अर्थमन्त्रीलाई भेट्न गएको राजमो प्रतिनिधिमण्डलले बागलुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाई भइरहेको भन्दै ठेकेदारलाई कारबाही गरेर भएपनि छिटो काम सम्पन्न गर्न दबाब दिएको थियो ।
यस्तै, जिल्लामा निर्माणधिन कतिपय आयोजनाको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइएको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार बजेट रकम निकासामा हुने ढिलाईबारे पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै आयोजनाको छिटो भुक्तानी दिई विकास निर्माणलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको थियो ।
सो प्रतिनिधिमण्डलमा अध्यक्ष केसीसहित पूर्वसचिव अधिकारी, राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्मा (राजेश विक) र बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष अमर थापा सहभागी हुनुहुन्थ्यो ।