शनिबार, भदौ २८, २०८२

दाङमा चट्याङले लागेर दुई जनाको  मृत्यु

दाङमा चट्याङले लागेर दुई जना पुरूषको मृत्यु भएको छ।

दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।

चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङ लागेको थियो।

अहिले चौधरी र केसी दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ।

 

शनिबार दिउँसोदेखि नै दाङमा चट्याङसहित वर्षा भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?