शनिबार, भदौ २८, २०८२

बुटवल उपमहानगरपालिकाले २ अर्व ३६ करोडको बजेट ल्यायो

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

उपमहानगर नगर सभाको १३ औँ अधिवेशनमा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् । चालु आर्थिक वर्ष भन्दा झण्डै १ करोड बढाएर उपप्रमुख अर्यालले बजेट प्रस्ताव गरेकी छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरिएको थियो ।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ । कर प्रशासनलाई चुस्ता बनाउन कर असुलिकालागि ‘स्पेशल टास्क फोर्स’ नै गठन गर्ने बजेटमा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?