शनिबार, साउन १२, २०८१

पशुपतिको जलहरीमा भयो सुन कम

काठमाडौं, ११ असार , पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो ।

पशुपतिको जलहरीको नापजाँचमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि आयोगको टोलीमा संलग्न रहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जलहरी प्रकरणमा आफूहरुले छिट्टै धारणा सार्वजनिक गर्ने बताए । ‘उक्त छानविनमा हाम्रो महासंघको तर्फबाट पनि प्रतिनिधिहरु सहभागी थिए । यस बारेमा हामी छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्छौं । अहिले अध्ययन भइरहेको छ,’– रिपोर्टर्स नेपालका लागि संक्षिप्त कुराकानी गर्दै उनले भने ।रिपोर्टर नेपाल बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal