शनिबार, साउन १२, २०८१

नुसन्धानका लागि पक्राउ परेका सात जनामध्ये तीनजना रिहा

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो ।

कलाधर देउजा, भुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई अदालतको स्टेअर्डरपछि रिहा गरिएको हो । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख (सह-सचिव) हुन् भने केसी र कपाली कर्मचारी हुन् ।

अब भाटभटेनीका सञ्चालक मीनबहादुर, पूर्वआयुक्त शाह मालपोत कार्यलय डिल्लीबजारका कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की मात्र सीआईबीको नियन्त्रणमा छन् । शाह तत्कालीन अवस्थामा जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत थिए ।

सीआईबीले सातै जनालाई मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal