पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । रौनियार अमेरिकाको ग्रिनकार्ड होल्डर समेत हुन। काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला दुलाहा पक्षले ५० लाख दाईजो मागेको र सो बराबरको रकम नपाएपछि दुलहीलाई गालीगलौच समेत गरेको थियो ।