शनिबार, साउन १२, २०८१

भारतीय सुरक्षाकर्मीले चलायो नेपाली युवामाथी गोली दुई नेपाली युवाको मृत्यु, चार घाइते

 

सर्लाहीका दुई युवाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका खबर आएको भएपनि नेपाली सुरक्षा अधिकारीहरुले अझै पुष्टि गरका छैनन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता कुवेर कठायतले पनि अहिले बुझनेक्रम जारी रहेको बताए।

सशस्त्र प्रहरीले पनि केही बताएको छैन। सर्लाही प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो।

गोली लागि मारिने युवा लालबन्दी २ पुनर्वासका राजेश पासवान र रुमाले पासवान छन्। घाइते चार जनाको नाम खुलेको छैन। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेको छ। के कारणले भारतीय प्रहरीले गोली चलाएको भन्नेबारेमा केही बताएको छैन। डिसि नेपाल बाट ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal