शनिबार, साउन १२, २०८१

अबैध दोहन र क्रसर संचालन झिमरुकमा रोकिनुपर्छ :माधब केसी

 

प्युठानका झिमरुककका युबा तथा गत चुनावमा प्रदेस सांसद उमेदवार माधब केसीले झिमरुकमा अबैध क्रसर उत्खनन रोक्न माग गरेकाछन फेसबुक स्टाट लेख्दै उनले यस्तो बताएका हुन ,हेर्नुहोस माधब केसीकको फेसबुक स्टार्ट जस्ताको तस्तै।

स्थानिय थुप्रै युवाहरुको प्रत्यक्ष बिरोध र धेरै जसोको चासो र चिन्ताका बिच दोहन कार्य चलिनै रह्यो। क्रसर संचालनका लागी गर्नु पर्ने बाकी कामहरु भैरहे। हामी मौन थियो। यस बिचमा हामिलाई धेरैले चासोका साथ सोध्नु भयो कि यसमा तिमिहरुको बुझाइ र धारणा के हो ?
हामिले भन्यौं यो Washing Plant का नाममा संचालन गर्न लागिएको क्रसर अवैध छ। भैरहेको दोहन कार्य पनि अवैध नै हो। जहाँ सबै मिलेर लुट्ने काम हुदैछ। यसमा हाम्रो पुरै बिरोध छ। यसलाई रोक्नु पर्छ। यो अवैध कार्य रोक्न, बन्द गर्न, गराउन स्थानिय सरकार, जिल्ला प्रशासन भनम या सम्बन्धित निकायहरुको भुमिका कस्तो रहने रैछ हामि त्यतिमात्र हेरिरहेका छौ भनेर भनेका थियौ। तर यि सम्बन्धीत सबै निकायहरु मौन रहेको देखियो। प्रत्यक्ष/अप्रत्यक्ष रुपमा धेरैको चासो र बिरोधका बिच पनि यिनिहरु सुति नै रहे अबैध कारोबारीहरुले निर्बाध रुपमा आफ्ना काम गरिनै रहे। अहिले खोला दोहन हुदाका परिणामहरु देखिदै छन्। अहिलेलाई यसलाई सामान्य मान्न सकिन्छ। भोलिका दिनमा यसले पुर्याउने नोक्सानै ज्यादै ठुलो हुन जाने छ र यो संचालन गर्न खोजिएको क्रसर आफैमा मापदण्ड बिपरित रहेकोले अव त्यो मापदण्ड बिपरितको अवैध क्रसर रोकिन्छ बन्द हुन्छ कि हुदैन ? सम्बन्धित निकायहरुले केहि गर्ने हुन कि यिनिहरु लाचार जस्तै बनेर बस्ने हुन। आज सम्म हामिले अवैध कार्यको रोक तोक सम्बधीत निकायले नै गरोस भनेर चुप लागेका हौं सम्बन्धित निकाय लाचार नै बन्ने हो भने अवैध रुपमा जम्मा गरियको माल र अवैध क्रसर रोक्ने/बन्द गर्ने गराउने काम हामि गर्छौं। जनतालाई दुःख दिने र अबैध रुपमा लुट्ने कुरा कदापि मान्य छैन्॥

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal