मङ्लबार, बैशाख ११, २०८१

नवलपरासीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा एक महिलाको हत्या भएको छ । जिल्लाको सुनवल नगरपालिका-१३ विचैयापुरमा एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो ।

सुनवल नगरपालिका-१३ विचैयापुरमा बस्ने ५० वर्षीया बुद्धरानी मुसहर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । टिनले छाएको ढोका नभएको कच्ची घर भित्र घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा मुसहरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?