बुधबार, माघ ३०, २०८१ | Wednesday 12th February 2025
प्युठान साहित्य परिषद्ले पायो सम्मान
झिमरुक पोस्ट
शनिबार, असार १६, २०८०
काठमाडौँ । वि.सं. २०५२ सालदेखि अविच्छिन्न रूपले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनमा समर्पित रहँदै आएको साहित्य परिषद् प्युठानलाई सम्मानित गरिएको छ ।
नेपाल बिद्युत् प्राधिकरण बिद्युत्कर्र्मी साहित्यिक समाजले असार १५ गतेको दिन राष्ट्रिय धान दिवसको अवसर पारेर परिषद्लाई सम्मान गरेको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राई प्रमुख अतिथि र नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत विशिष्ट आतिथ्य रहेको सम्मान कार्यक्रममा माननीय कुलपति भूपाल राईले साहित्य परिषद् प्युठानलाई अमर ज्योति साहित्य सम्मान–२०८० प्रदान गर्नुभयो ।
सम्मानपत्र र दोसल्ला साहित्य परिषद् प्युठान–काठमाडौँ सम्पर्क समितिका संयोजक समीर सिंहले ग्रहण गर्नुभएको थियो ।
कार्यक्रम बिद्युत्कर्मी साहित्य समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ को अध्यक्षता तथा समाजका सचिव विष्णुप्रसाद आचार्यको सञ्चालनमा अगाडि बढेको थियो ।
सो अवसरमा अमरज्योति साहित्यिक त्रैमासिक पत्रिकाको विमोचन समेत गरिएको थियो ।