शनिबार, साउन १२, २०८१

बागलुङमा श्रीमान विदेश हुँदा श्रीमतिलाई लान्छनाका कारण १३ जना महिला द्वारा आत्महत्या प्रयास

‘बागलुङ ,श्रीमान विदेश हुँदा नेपालमा श्रीमतिले लान्छना भोग्न बाध्य भएका छन्, लान्छनाका कारण आत्म हत्याको प्रयास गरेका घट्ना छन् ।’ यो भनाई हो मनोपरामर्शकर्ता मधु शर्माको ।

वैदेशिक रोजगारमा गएका र जान चाहनेहरुलाई सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत मनोपरामर्श गर्दै आएकी उनले चालु आर्थिक बर्षमा लान्छनाकै कारण जिल्लाका १३ जनाले आत्महत्याको प्रयास गरेको बताइन् ।

‘श्रीमान विदेश गएको महिलालाई नेपाली समाजले राम्रो दृष्टिले हेर्दैन, राम्रो लुगा लगाउँदा हिँडडुल गर्दा पुरुषसँग बोल्दा समेत लान्छना खेप्नु पर्छ, कतिपय महिलाले कुटपिट समेत सहनु परेको छ’ उनले भनिन्–‘परिवारबाटै समेत लान्छना लगाइदा र कुटपिट हुँदा सहन नसकेर आत्महत्याको प्रयास गरेका छन् ।’

घरमा श्रीमतिले लान्छना भोग्नु पर्ने अवस्था छ भने वैदेशिक रोजगारका क्रममा मृत्यु हुने, अङ्गभङ्ग हुने, काम नपाउने, काम पाएको ठाउँमा तलब नपाउने दलालहरुबाट ठगिने लगायतका समस्या नागरिकले भोग्नु पर्ने बाध्यता छ ।

सामीका कार्यक्रम संयोजक मिन प्रसाद उपाध्यायले पछिल्लो एक बर्षमा त्यस्ता ८० वटा समस्या लिएर आफुकहाँ आएको बताए । ति मध्ये ३१ वटा समस्या समाधान गरिएको उनको भनाई छ ।

ठगिका ४१ वटा मुद्धा मध्ये १२ वटा मुद्धा सल्टाइएको छ । त्यसबाट १ करोड ३ लाख ७१ हजार रुपैयाँ पीडितलाई फिर्ता गराउन सफल भएको उपाध्यायको भनाई छ ।

सम्पर्क बिहीन, कागजात नभएका उद्धार सम्बन्धी १२ मुद्धा मध्ये ५ वटा मुद्धा सल्टाइएको छ । ५ जना व्यक्तिको परिवारमा पुर्नमिलन गरिएको उनको भनाई छ ।

मृत्यु तथा स्वास्थ्य उपचारमा सहजिकरण गरि १ करोड ७१ लाख ३७ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराईएको छ । काम नदिएको, पारिश्रमिक नदिएको र पासपोर्ट जफत गरिएका १२ वटा घट्नामा सहजिकरण गरि ४ वटा मात्रै समाधान गरिएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले फ्रि टिकट फ्रि भिषाको व्यवस्था भए पनि वैदेशिक रोजगारका क्रममा ठगिने प्रचलन कम नभएको बताए ।

उनले सानो सूचनाको कारण पनि नागरिक वैदेशिक रोजगारीका क्रममा ठगिनबाट जोगिन सक्ने बताए ।

बागलुङ नगरपालिकाका अधिकृत भिमसेन पन्त, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामीका सामाजिक परिचालक रामचन्द्र गौतमले गरेका थिए।इपरी न्युज बाट।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal