शनिबार, भदौ २८, २०८२

वंशजको नागरिता लिनलाइ झुठो विबरण पेस गर्ने पांच जना बुटवल बाट प्रकाउ

बुटवल असार १८ । आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोपमा ईलाका प्रशासन कार्यालय बुटवलबाट एक दम्पती सहित ५ जना माथी अनुसन्धान सूरु गरेको छ।

बुटवल उपमहानगरपालिका–१ का ४३ वर्र्षीय रमेश कशौधन र ४२ वर्षीय सिता कशौधनले राजु कसौधनका एक छोरा र छोरीलाई आफ्ना छोरा छोरी हुन भनि बंसजका आधारमा नागरिकता लिने प्रयास गरेको आरोप छ।

उनीहरु सबैलाई इलाका प्रशासन कार्यालय बुटवलको निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाईएको छ।

ईलाका प्रशासन कार्यालय बुटवलका सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले रमेश कसौधनले आफ्ना दाजुका छोरा र छोरीलाई आफ्ना छोरा छोरी हुन भनेर नागरीकता बनाउन प्रक्रिया अगाडी बढाएको आशंकामा उनीहरुमाथी अनुसन्धान सुरु गरिएको बताए।

रमेशले आफ्ना दाजु नाता पर्ने राजु कसौधनकी बिवाहित छोरीलाई अविवाहित  र आफ्नै छोरी भनेर नागरिकता बनाउने प्रयास गरेको पाईयो ज्ञवालीले भने।

इलाका प्रशासन कार्यालय श्रोतका अनुसार रमेश र सिता कशौधनले २०६७ जेठ ३ गतेको एकै मितिमा बिवाह दर्ता संगै ३ जना छोराछोरीको जन्मदर्ता गरेको कागजात पेश गरेका थिए।

सुचना अधिकारी ज्ञवालीका अनुसार रमेशका दाजु राजु कसौधनले नागरिकता बनाउन प्रयास भएका आफ्ना छोरा छोरीहरु भएको प्रारम्भिक अनुसन्धानका क्रममा स्वीकार गरेका छन्।

रमेशले जन्मका आधारमा नागरिकता लिएको र सिताले बैवाहिक अंगिकृत नागरिकता लिएको र त्यसको प्रतिलिपी बुटवल उपमहानगरपालिकामा पेश गरेको बुटवल उपमहानगर पालिकाका वडाध्यक्ष नरेन्द्र बस्नेतले बताए।

उनिहरुले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा गरी ३ जनाको २०६७ जेठ ३ गते  सबै जनाको जन्मदर्ता तथा बिवाह दर्ता गरेका रहेछन् मैले सोही बिवरणका आधारमा नागरिकता बनाउन सिफारिस गरेको हुं बस्नेतले भने।

बस्नेतका अनुसार उनीहरुको बिवाह दर्ता र जन्मदर्तामा तत्कालिन वडा सचिव गुनाखर खनालले प्रमाणित गरेका छन्।

नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय बुटवलमा आइतबार उपस्थित भएका उनीहरुलाई गोप्य सूचनाका आधारमा झुठा विवरण पेश गरेको थाहा भएपछि नियन्त्रणमा लिइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?