शुक्रबार, भदौ २७, २०८२

किसानले मल पाउनु पर्ने मागसहित राष्ट्रिय जनमोर्चाले बुझायो ज्ञापनपत्र 

 

किसानले मल पाउनु पर्ने माग सहित राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । बर्षायाम सुरु भइसक्दा पनि किसानले मल नपाएको भन्दै मोर्चाले ७ दिने अल्टीमेटमसहित उपमहानगरमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।

राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर अध्यक्ष इश्वरी भण्डारी सहितको टोलीले आज तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्कालाई भेटेर मल सहज उपलब्ध गराउन भन्दै ज्ञापनपत्र बुझाएको हो ।

रोपाइँको समयमा रासायनिक मलको चरम अभाव देखिएको भन्दै स्थानीय सरकारको ध्यानार्कषण गराएको नगर अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । कृषि प्रधान देशका किसानले हरेक बर्ष मलको अभाव झेल्दा पनि  सरकार गम्भिर बन्न नसकेको उहाँले बताउनुभयो ।

किसानले आफ्नो मूल्य तिरेर पनि मल पाउन नसक्नु बिडम्बना भएको, किसानका समस्यामा सरकार गम्भिर बन्न नसकेको भन्दै राष्ट्रिय जनमोर्चा चिन्तीत बनेको छ विज्ञप्तीमा भनिएको छ ।

यसैगरी ज्ञापनत्रमा ७ दिन भित्र किसानहरुलाई आवश्यक पर्ने मल उपलब्ध नगराएमा सशक्त, चरणबद्ध किसान आन्दोलन गर्ने, संर्घषका कार्यक्रम, धर्र्नो लगायतका कार्यक्रम गर्ने भनिएको छ ।

सो ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय दाङ, लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिष्द कार्यालय दाङ देउखुरी हुँदै संघिय सरकार र प्रधानमन्त्री कार्यालय काठमाडौमा पठाउन तुलसीपुर उपमहानगर मार्फत अनुरोध गर्दछौ विज्ञप्तीमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खड्काले स्थानीय सरकारको दायित्व पुरा गर्ने बताउनुभयो । उहाँले संघ सरकारले मात्र मल खरिद बिक्रि गर्न पाउने भन्दै स्थानीय तहबाट गर्ने सहकार्य उपमहानगरले गरिरहेको उहाँको भनाइ छ ।

उहाँले मलको समस्या समाधानका लागि दैनिक सहकार्य गर्दै आएको, लुम्बिनी प्रदेश साल्ट ट्रेनिङ कोर्पोरेसन र मन्त्रालयलाई मल उपलब्ध गराउन ताकेता गरि रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?