
पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले २ भन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले यस्तो व्यवस्था गरेको जनाएको छ ।