
मृत्यु हुनेमा गंगादेव गाउँपालिका ४ दलसिंगेका ७० वर्षीय कालुराम डाँगी, उनका छोरा ३६ वर्षीय टोपीलाल डाँगी र गाडी साहु छत्रेश्वरी गाउँपालिका ६ लान्ती घर भएका ३६ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।
पहिरोका कारण ढलेको रुखले तान्दा सडकमा लत्रिएको तारबाट करेन्ट प्रवाह भएका कारण दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको घटनास्थलमै र गाडीधनी महेन्द्र ओलीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
उनका अनुसार गाडीमा करेन्ट लाग्दा आगजनीसमेत भएको थियो भने गाडीका दुईवटा टायर जलेर नष्ट भएका थिए । गाडीमा २० जना सवार थिए । करेन्ट लागेर मृत्यु भएका सबैलाई पोस्टमार्टमका लागि तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।कान्तिपुर वाट