शनिबार, साउन १२, २०८१

तिजि गित -२ (२०८०) देशमा राेजगार कहिले पाउने ?

रबि पाैडेल ,पाण्डेचरि ।
बर्षाै भयाे देशमा राेजगार अाषा गरेको
पटकपटक यी सरकार काे भर परेको -३

एउटा सरकार अाउछ एउटा अाषा देखाउछ
सम्झौता गर्दै जान्छ बिदेश भगाउछ -३

डिग्रि लिएको सर्टिफिकेट बाकस मा थन्का छु
झुटाे हाेईन याे कुरा गित मै रन्काउछु -३

राेजगार नपाई लाखौं युवा खाडिमा तड्पिन्छन
बिकास भा,छ भन्दै नेता देशमा कड्किन्छन-३

देशमा एउटा बिकाश भा छ भस्टाचार र लुटकाे
अदालत मा मुद्दा जान्छ अादेश दिन्छ छुटको ३

नेता देखि वकिल सम्म मिलिभगत गर्दछन
कानुन खाेटाे भए पछि जनता मारमा पर्दछन -३

राेजगार पाउने सपना नि चक्नाचुर भा काे छ
भु माफिया र लाचारी काे सरकार अा काे छ -३

याे देशमा जनताको सरकार कहिले अाउने हाे
अाफ्नै देशमा राेजगार हाम्ने कहिले पाउने हाे -३

मिति १५ जुलाई २०२३
दक्षिण भारत पाण्डेचरि ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal