
-बिन बहादुर रेग्मी, भारत
(झिम्रुक पोस्ट सम्बाददाता)
मुम्बई – जिल्ला कैलाली टिकापुर वार्ड नम्बर ९ स्थान घर भैइ हाल रोजगारी को लागि मुम्बईमा दुई महिना रहेको मृतक रोइत कुमार चौधरी मुम्बई गुजरात हाइबेमा 24 तारिक राती एक बजे रोड करोस गर्ने क्रममा गाडिले ठोकेर अचेल अबस्थामा पुलिसको सायतामा केम हस्पिटलमा लैजादा लैजादै मृत्यु रहेको थियो । मृत्यु भएको चार दिन पछि आफन्त ले थाह पाए पछि आफन्तले दमन मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित लाई र अखिल भारत नेपाली एकता समाज केन्द्रिय सचिबालय महन देवकर लाई जानकारी दिनु भएको रहेछ । मुल प्रवाह नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहितले मुल प्रवाह केन्द्रिय सदस्य टंक कुवर लाई घटना घटेको तर कसरी घटेको भन्ने बिसयमा जानकारी नभएको र मुल प्रवाह अखिल भारत केन्द्रिय सदस्य टंक कुवरको नेतृत्वमा पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित दमन नगर समितिका आसामान चौधरी, कुलिराम चौधरी , ठग्गु चौधरी, भागिराम चौधरी मुल प्रवाह मुम्बई नगर समिती बाट डम्बर कुवर, हिरा कुवर रहेको थियो । अखिल भारत नेपाली एकता मंच राज्य उपाध्यक्ष केन्द्रिय सदस्य भक्त बिकको नेतृत्वमा गणेश जयगदी केन्द्रिय सदस्य , लालसिह देवकर केन्द्रिय मुद्दा मुद्दा बिभाग प्रमुख, निरज परिवार नगर अध्यक्ष पुर्ब मुम्बई, पहल सिंह आउजी केन्द्रिय सदस्य, प्रकाश आउजी केन्द्रिय सदस्य उपस्थिति रहेको थियो । मृतक को आफन्त दाजु अमित कुमार चौधरी लाई हामिले लखनउ बाट हवाइजवाज बाट तुरुन्तै बोलाएर मुम्बई आउनु भयो । मृतक को सब बुझ्ने क्रममा pm रिपोर्ट एउटा नाम र नेपाल को नागरिकता मा अर्को नाम रहेको हुदा प्रक्रिया अनुसार जादा अझै तीन दिन लाग्ने भएको कारण हामी संगठन को मातहत जोर जबस्ती र जवाफदेहि हुने जिम्मेवारी भएर रातिको 11 बजे मृतकको सब बुजियो र अन्तिम दहासस्कार गर्नको लागि भोइवाडा हिन्दु स्मान भुमिमा लगियो र मृतक रोइत चौधरी को श्रन्जाली कार्यक्रममा अखिल भारत नेपाली एकता मंच केन्द्रिय सदस्य राज्य सचिब गणेश जयगदीको सन्चालन र श्रन्जाली कार्यक्रममा प्रमुख भक्ता मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय सदस्य टंक कुंवर ले मन्तव्य राख्नु भएको थियो । मन्तव्य मा आफ्नो देस भित्र रोजगार नभएर नेपाली युवाहरु भारमा लाखौं संख्यामा रहेको छ र भारतमा नेपाली हरुको दयनीय अबस्था रहेको छ र नेपाली हरुको अकालमा ज्यान गएको छ । थुप्रै नेपाली हरु मृत्यु भएर आफ्नो गाउँ ठाउँ र आफ्नो बाबा अमा आफन्त हरु सम्म मृत्यु भएर समाचार पुराउन नसक्दा थुप्रै नेपाली हरुलाइ लाभारिसको रूपमा संघसंगठनले दाहासस्कार गर्नु परेको छ । भारतमा बस्ने नेपाली हरु अधिकान्स रूपमा गाउँ नफर्कने बिकृती बिसंगती गर्ने जस्ता धेरै भएको छ यस्तो क्रियाकलाप लाई रोक्न संगठन ले भुमिका खेल्नु पर्छ र असगंठित नेपाली हरु संगठनमा जोडिएर संगठित हुन जरुरी छ भन्नू भएको थियो । मृतकको दाजु नेपाल शिक्षक जागिर गर्दै यसरी भारतमा संगठन रहेछ संगठन लाई धन्यवाद दिदै आफ्नो पीडा सुनाउदै हामि तीन भाइ मध्य कान्छो भाइ केही महिना पहिले बराइन हाडहटेक भएर मृत्यु भएको थियो र आज माइलो भाइ मृत्यु भएको पीडा सुनाउदै उहाको आँखा बाट आँसु थाम्न सकेन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुख प्रकट गर्दछ साथै मृतकको आत्माको चीर शान्तिको लागी हार्दीक श्रद्धाञ्जली अर्पण गर्दछ।
समाचारको लागि टंक कुँवर, ग्राउड जिरो तारापुरबाट।