
जुमान सिंह के सी
प्युठान
घरेलु तथा साना उघोग बिकास समिति प्युठानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय प्युठानको नेतृत्वमा मल्लरानीको खलंगामा बजार अनुगमन गरीएको छ।
बजार अनुगमनको क्रममाम्याद नागेका विभिन्न अखाद्यबस्तुहरु जफत गरि नस्ट गरिएको साहाएक प्रमुख जिल्ला अधिकारी मेघराज सोनिले जानकारी दिनु भएको छ।
प्रायः पसलहरुमा बिस्कुट, फुर्टी, जुस, चाउमिन, बियर, दालमोट, चाउचाउ जस्ता बस्तुहरु समयसिमा नाघेका बस्तुहरु भेट्ने गरिएको सोनिले बताउनु भयो।
उहाँले मानिसको स्वास्थ्यसंग कसैले खेलबाड गर्न नहुने भन्दै सबै उपभोक्ताहरु सचेत र सजग हुनु पर्ने बताउनु भएको छ।
चाडबाड नजिकिदै गएको र आम उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्यबस्तुहरुमा हुन सक्ने समयसिमा नाघेका , मिसवट बस्तुहरु बिक्रीवितरण हुन सक्ने सम्भावनालाई मध्यनजर गरि बजार अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालय प्युठानका उधोग अधिकृत सरोज भण्डारीले बताउनु भयो।
उहाँले बजार अनुगमनलाई सबै सरकारवाला संगको सहकार्यमा निरंतरता गरिने बताउनु भएको छ।
बुधबार मल्लरानिको खलंगा बसपार्क,डाडापसल लगाएतका ठाउँका पसलहरुमा अनुगमन गरिएको छ।
अनुगमनका क्रममा ब्याबसायी दर्ता भए नभएको , नवीकरण भए नभएको , दर्ताभए अनुसारको ब्याबसायी छ छैन, म्याद गुज्रिएको बस्तुको अवलोकन र सुझाव दिएको उधोग अधिकृत सरोज भण्डारीले बताउनु भयो।
पहिलो पटक सुझाव दिने सामग्री जफत गर्ने र पटकपटक सुझावअनुसार व्यावसायिक संचालन नगरेमा कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने भण्डारीले बताउनु भयो।