३१ साउन, विराटनगर । नयाँ सरकार टिकाउन र भत्काउन एक सांसद निर्णायक रहेको कोशी प्रदेशमा सभामुख पद फालाफाल भएको छ ।
उद्धव थापालाई मुख्यमन्त्रीमा दाबी पेश गर्न बहुमत पुर्याउनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि हाल कोशी प्रदेशसभामा सभामुख पद रिक्त छ ।
साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ । बहुमतका लागि आवश्यक संख्या ठिक्क मात्रै भएका कारण सत्ता गठबन्धनले फेरि सभामुख पद लिन चाहेको छैन । उसले सभामुख लिएको अवस्थामा बहुमतका लागि चाहिने संख्या भन्दा एक सिट कम हुनपुग्छ । त्यसकारण दुबै पक्षले सभामुख प्रती रुचि राखेकाछैनन ।