शनिबार, असार ३०, २०८१

तिजि गित :सुनलाई बनायौ पितल 

कमला बगाले > रैनादेवि छहरा ६जुठापौवा “हाल भारत हरियाणा हिसार ”

घुम्दै फिर्दै फेरी आयो तिजको रहर ।
मनका बेदना पोखौं संगीसाथी मिलेर ।।

८० साल तिजको शुभकामना सबैलाई ।
देशविदेशमा छरिएर रहनु भएकालाई ।।

आफ्नै देश जान्छु भन्दा साहुले विदा दिदैन ।
गाउँघर लाई सम्झी रुन्छ यो मंन ।।

देशमा भएका सुनजती एर्यपोटमै हराउछन ।
युवाहरुलाई पासपोर्ट दिई बिदेश पठाउछन ।

सुन हो भन्दाभन्दै देखाउछन पितल ।
यस्ता सरकारले बनाउनी भए देश बेहाल ।।

रोजगारी खोज्दै गएका फर्कीछन बाकसमा ।
बुढाभंमएका बाबाआमा लाइ कल्ले हेर्छ देशमा ।।

कति बसौं संगीसाथी विदेशी भुमीमा ।
फर्की जाउँ अब हामी आफ्नै देशमा ।।

बाबाआमा बाटो हेरी बसेछन घरमा ।
कति बर्ष मनाउ संगीनी तिज विदेशमा ।।

धेरै बगायौ हामीले पसिना मरभुमीमा ।
रोजगारी खोज्दै जाउँ अब आफ्नै देशमा ।।

यति भन्दै महिले रोक्दछु कलम ।
यो गितको अत्य भयो लालसलाम ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?