शनिबार, साउन १२, २०८१

गजल

(गजल)
१)भाईभाइ को सम्बन्ध टुटाएर के पायौं ?
स्वार्थ बोकि एकता जुटाएर के पायौं !

कसले गर्छ समर्थन देश टुक्रा बनाउने लाई
जातित्वको राज्य छुट्याएर के पायौं ?

पुरुष प्रधान समाजमा मै हु भन्ने पुरुषले नै
आफ्नै चेली को ईज्जत् लुटाएर के पायौं?

कहिलै यता कहिलै उता बेश्या भएको छ राजनीति
भाग, बन्डा लगाई देश फुटाएर के पायौं?

देश बचान युवाहरूले खबरदारी गर्दा
लगाई शक्ति युबा कुटाएर के पायौं?

२)लुहुङगि हरायो…..चोलि हरायो!
मान्छेमा शुभ–नम्र बोलि हरायो!

कतै तातो बालुवा त कतै धुलो
बन–पाखा छैन खोलि हरायो !

आफै छ्न जान्ने ,आफै छ्न सुन्ने
महोदय!हातेमालो र छिमेकी हरायो!

आजभोलि पैसाले अनि महङ्गिको कारणले
स्थान लियो दुलही को डोलि हरायो !
जगत राज पुन (मगर)
भेरि नगर पालिका 2 तिमिले (जाजरकोट)
हाल लेह लदाख भारत

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal