मङ्लबार, माघ २१, २०८२

राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली शभा सम्पन्न

माधव खनाल
२८फागुन अर्घाखाँची
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ द्वारा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय परिषद सदस्य एवंम रक्तिम सास्कृतिक अभियानका कलाकार कृष्ण बैजालिका बुवा स्वर्गीय गुण बहादुर बैजालिको ७ औं दिनको पुण्य तिथि पारी शनिबार उहाँकै निवास भुमिकास्थान नगरपालिका वार्ड न १ आदर्श टोलको साम्नेगाउँमा श्रद्धाञ्जली शभा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली शभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसिले स्वर्गीय बैजालिको निधनले राष्ट्रिय जनमोर्चालाई अतुलनीय क्षति पुगेको बताउदै स्वर्गीय बैजालिले लिएको निति लाई आत्मसात गरेमा मात्रै उहाँले देखेको सपना र उहाले पार्टिप्रती पुर्याउनु भएको योगदानको कदर हुने बताउनुभयो ।
साथै नेता केसिले आफ्ना सम्पुर्ण कार्यकर्ता लाई स्वर्गीय बैजालिले देखाएको बाटोमा लाग्न आग्रह समेत गर्नुभयो ।

श्रद्धाञ्जली शभामा शोक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला समिती सदस्य मेघराज खनालले गुन बहादुर बैजालिको निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ ले कुसल अभिभावक गुमाएकोमा दु:ख प्रकट गर्दै उहाले लिएको नितिलाइ आत्मसात गरेमा मात्रै उहाँको आत्मले सान्ती पाउने बताउनुभयो ।
श्रद्धाञ्जली शभामा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य भोजराज खनाल अखिल नेपाल किसान संघका ननुकान्त भुसाल अखिल नेपाल शिक्षक संघका युवराज खनाल अखिल नेपाल युवक संघका रोम बहादुर राउत जातिय समातासमाजका राम बहादुर नेपाली जनजाति सम्मेलनका गणेश घर्ती यातायात मजदुर युनियनका बिम बहादुर घर्ती लगायतको उपस्थित रहेको थियो ।
२०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित साविक ढाकावाङ्ग ६ का वार्ड सदस्य दम रोगबाट ग्रसित गुनबहादुर बैजालिको यहि फाल्गुन २२ गते ७० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।
स्वर्गीय बैजालिका दुई छोरा दुई बुहारी एक छोरी एक ज्वाइँ नातिनातिना हुनुहुन्थ्यो यी मध्ये उहाँका जेठा छोरा ठगबहादुर बैजाली दुई वर्ष अघि मात्रै असामयिक निधन भएको थियो ।
श्रद्धाञ्जली शभाको अध्यक्षता स्वर्गीय बैजालिका छोरा कृष्ण बैजालिको अध्यक्षता र माधव खनालको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal