गौरिश्वर पाण्डे
सङ्गठन वा सङ्घसस्था निर्माण र परिचालनको प्रथम पाटो हो, आफ्नो लक्ष्य तथा उद्देश्य निर्धारण । त्यसपछि गरिने अर्को महत्त्वपूर्ण काम सो लक्ष्य, उद्देश्यअनुसार सङ्गठन वा संस्थाले गरेका निर्णयहरू इमान्दारिताका साथ कार्यान्वयन गर्नु हो ।
निर्णय कार्यन्वय गर्ने कार्यमा लक्ष्य, उद्देश्य र विधिविधानअनुसार भएनभएको सम्बन्धित पक्षद्वारा निरिक्षण गर्ने कार्य अत्यावश्यक हुन्छ । यदि लक्ष्य, उद्देश्यअनुसार कार्यान्वयन भएको छ भने ठिकै हुन्छ, नभएको भए के कति कारणले पूरा भएन वा कार्यान्वयन भएन भन्ने कुरा वा त्यसका पछाडिको कारण थाहा पाउन जरुरी हुन्छ । उक्त कारण थाहा पाएपछि त्यो कारण नियतवश त्यसो गरिएको हो वा अन्जानमा हुन गएको हो ? त्यो बुझ्नुपर्दछ । बुझेर स्पष्ट भइसकेपछि सम्बन्धित व्यक्ति वा संस्थासँग स्पष्टीकरण लिने, यदि दोषी भए उसको कमजोरीअनुसारको सजाय दिने काम गरिनुपर्दछ ।
गल्तीका लागि कारबाही सामान्य रूपमा घरपरिवार, समाज जतासुकै भइरहेका हुन्छन् । बुर्जुवा राज्यसत्ताभित्र पनि नियम, कानुनभन्दा बाहिर गयो भने उसलाई कानुनले उल्लेख गरेअनुसार कारबाही गर्ने प्रचलन छ । प्रशासनमा कर्मचारीले गल्ती गरेपछि ऊसँग स्पष्टीकरण लिने, विभागीय कारबाही गर्ने, सरुवा घटुवा हुँदै गल्तीको प्रकृति हेरी जागिरबाट निष्काशनसम्म गर्ने गरिएको हुन्छ । यो सामान्य प्रकृया नै हो । यसो गर्नुपर्छ पनि।
बुर्जुवाहरूको त आफ्नै तौरतरिका हुन्छ भने कम्युनिस्ट पार्टीभित्र त यस प्रकारका कारबाही अझ व्यवस्थित प्रकारले अगाडि बढाउनुपर्ने हुन्छ । कम्युनिस्ट पार्टीका कार्यकर्ता बुर्जुवाहरूका भन्दा स्वभावैले अनुशासित, इमानदार, दृढ तथा आफ्ना लक्ष्य, उद्देश्यप्रति दृढ र समर्पित हुनु जरुरी छ र हुनुपर्दछ । पार्टीका हरेक निर्णयहरूलाई कार्यान्वयन गर्न र गराउन मिहीन प्रकारले ध्यान दिनुपर्दछ ।
पहिलो कुरा कुनै पनि विषयमा निर्णय लिँदा वैज्ञानिक हिसाबले ‘१० पटक नाप, एकपटक काट’ भन्ने कुरामा ध्यान दिएर पार्टी, सङ्गठन, देश र जनताको हितमा ध्यान पुर्याएर निर्णय गर्नुपर्दछ । जब निर्णय गरिन्छ, त्यो निर्णय पार्टीको संस्थागत निर्णय मान्नुपर्दछ र त्यसलाई कडाइपूर्वक लागु गर्न लाग्नुपर्दछ ।
कार्यान्वयन गर्ने क्रममा कहीँ कमीकमजोरी हुन पनि सक्छ । त्यो कमजोरी कुन प्रकारको हो ? पहिले राम्रोसँग खुट्याउनुपर्दछ र सोहीअनुसारको कारबाही अगाडि बढाउनुपर्दछ ।
कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण कारबाही भनेको आलोचना र आत्मालोचना नै हो । माओले भन्नुभएको छ– कम्युनिस्ट पार्टीमा आलोचना र आत्मआलोचना भनेको दुईतिर धार भएका तरबार हो । यसले सबै आफू र अर्काेलाई सजग र होशियार राख्न मदत गर्दछ ।
कम्युनिस्ट पार्टीको कार्यकर्ताले जहिले पनि, इमान, जमान र नैतिकतालाई ख्याल गरेर कामलाई अगाडी बढाउने प्रयत्न गर्नुपर्दछ ।
उसले फलामे अनुशासनको पालना गर्ने अधिकतम प्रयास गर्नुपर्दछ । यति गर्दागर्दै पनि कमीकमजोरी स्वाभाविक रूपमा हुन्छ नै ।
माक्र्सले भन्नुभएको छ : काम गर्ने क्रममा गल्ती नगर्ने मानिस नै हुँदैन । यदि गल्ती नगर्ने केही चिज छ भने त्यो भगवान हो । यथार्थमा भगवान भन्ने नै हुँदैन । यसको अर्थ मानिसले गल्ती गर्दछन् ।
गल्ती गर्नु ठुलो कुरा होइन तर गल्तीलाई दोहोर्याउनु अपराध हो । तसर्थ काम गर्ने क्रममा गल्ती भयो भने हामी आत्तिनु हुँदैन, सकेसम्म काम कहाँनेर बिग्रिएको छ ? सो कुरा आफै थाहा पाएर साथीहरूको बिचमा आत्मआलोचित हुने र पुन: गल्ती नदोहोर्याउने प्रतिबद्धता जाहेर गर्नुपर्दछ । यदि आफूले गरेको गल्तीकमजोरी आफै थाहा पाउन सकिएन भने साथीहरूले औल्याइदिएमा सहर्ष स्वीकार गर्ने बानीको विकास हामीले गर्नुपर्ने हुन्छ ।
आत्मआलोचना र आलोचनामा ध्यान दिनुपर्ने कुराहरू
१. आत्माआलोचना र आलोचना गर्दा आग्रह, पूर्वाग्रह, रिस, द्वैष र ईष्र्याबाट टाढा रहेर गर्नुपर्छ ।
२. आत्मआलोचना र आलोचना गर्दा आलोचित व्यक्तिको चेतनास्तर, गल्तीको प्रकृतिमा ध्यान दिने गर्नुपर्छ ।
३. आलोचना गर्दा व्याक्तिगत चरित्रहत्या गर्ने, व्यक्तिलाई डोमिनेन्ट गर्ने र पलायन बनाउने उद्देश्यले गर्नुहुँदैन ।
४. आलोचना गर्दा जिम्मेवारीको तहअनुसार गर्नुपर्छ ।
५. आलोचना गर्दा मैत्रीपूर्ण, नीतिसिद्धान्तमा आधारित रहेर गर्नुपर्दछ ।
६. आलोचना गर्दा कमजोरीलाई औलाएर सुध्रिने र पार्टीसङ्गठनको हितलाई ध्यानमा राखेर गर्नुपर्दछ ।
७. आलोचना गरेको वा आलोचनामा परेका कारण आत्मपरक कुरालाई हाबी बनाउनु हुँदैमा ।
माथिका बुँदाबाहेक पनि हामीले सङ्गठनको हितलाई ध्यानमा राख्दै विभिन्न माक्र्सवादी दर्शन, लेनिनवादी सङ्गठनात्मक प्रणालीको विषयमा गहन अध्ययन गरी सहि दृष्टिकोणको निर्माण गगर्नुपर्दछ । रचनात्मक र मौलिक प्रकारका विषयवस्तुमाथि ध्यान दिँदै आलोचना र आत्मआलोचनालाई नियमित र व्यवस्थित बनाउने कुरामा ध्यान दिनुपर्दछ ।
आलोचना–आत्मओलाचनाबारे थप कुरा
१. आलोचना गर्दा कसैमाथि रिस साँध्ने प्रकारले गर्नुहुँदैन ।
२. आलोचना गर्नुभन्दा पहिले सम्बन्धित व्यक्तिलाई राम्रोसँग बुझ्नुपर्दछ ।
३. सङ्गठनात्मक प्रणालीको बढीभन्दा बढी अध्ययन गरेर आलोचना गर्नुपर्दछ ।
४. आलोचनाको मुख्य उद्देश्य सङ्गठनमा सुधार ल्याउनु वा सङ्गठनलाई व्यवस्थित पार्नु नै हुनुपर्दछ ।