बिहिबार, चैत्र १५, २०८०

भारतको जालन्धरमा मूलप्रवाहको टोल समिति गठन

 

खिमराज चालिसे चंढिगढ

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितीद्धारा संचालित बस्ती बावाखेल एरिया समीती अन्तर्गत राज नगरमा श्रमजीवी नेपालीहरु को बिचमा एउटा भेलाको आयोजना गरि भारत स्थित नेपालीहरुको अवस्था तथा मूलप्रवाह को आवश्यकता लगाएत का समसामयिक विषयहरु मा व्यापक छलफल पश्चात सो भेलाले ११ सदस्यीय राजनगर बि टोल समितीको गठन गरेको छ।
नगर सहसचिव तिल बहादुर थापा, एरिया अध्यक्ष यम बहादुर थापा, एरिया सदस्य हरीकला बगाले, निर्मला पाण्डे र राम बहादुर सिङ्गजालीको संयुक्त पहल तथा मूलप्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले को विषेश उपस्थितिमा सम्पन्न भेलाले गठन गरेको समितीमा अध्यक्ष दिपक उचै, उपाध्यक्ष जानकी उचै, सचिव करण उचै, सहसचिव बिनोद परीयार, कोषाध्यक्ष गङ्गा बहादुर र सदस्यहरु क्रमश दान बहादुर सिङ्गजाली, धनी उचै, संगीता सिङ्गजाली, कमला, लाल बहादुर उचै र सेतु सुनार रहनुभएको जानकारि केन्द्रीय सदस्य कुल बहादुर बगालेले दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal