व्यक्ति वा समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । शिक्षा नै संस्कृति र सभ्यताको जननी हो । जङ्गली युगदेखि मानव विभिन्न चरण पार गर्दै विज्ञान र प्रविधिको विकास भएको युगसम्म ल्याउनुमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको छ ।
भौतिक चरण विकास गर्ने मानिसको मानसिक विकासमा भने पछाडि नै रहेको छ । संस्कार, संस्कृति, व्यवहारमा सभ्य मानव बन्न सकिरहेको अवस्था अहिले पनि छैन । यस्तो अवस्थामा लामो समयदेखि शिक्षाको उज्यालो भविष्यबाट वञ्चित गरिएका महिलाको अवस्था झनै जर्जर हुने नै भयो ।
शिक्षा मानिसको नैतिक आधार पनि हो । त्यसैले शिक्षा महिलाको पनि स्वत्रः अधिकारको विषय हो । शिक्षाबाट वञ्चित भएका मानिसहरू अरू सबै किसिमका मानवअधिकार उपयोग गर्नबाट वञ्चित हुन पुग्छन् । त्यसैले कसैलाई पनि शिक्षाबाट वञ्चित गरिनु उसको सामाजिक दृष्टिले समाजसाक्षेप बनाउने, आर्थिक दृष्टिले स्वावलम्बी र आर्थिक सक्षमता प्रदान गर्ने, दार्शनिक रूपले मानवीय चिन्तनको विकास गर्ने, सांस्कृतिक दृष्टिले प्रगतिशील संस्कृति संरक्षण गर्ने, अर्थात् समग्र रूपमा सक्षम नागरिक बन्ने आदि अरू धेरै अधिकारबाट वञ्चित गरिनु हो ।
यसरी महिलालाई अन्धकारमा राखेपछि बच्चा जन्माउने, शिक्षादिक्षा र संस्कार दिएर पालनपोषण गरी मानव निर्माण गर्ने जस्तो महत्त्वपूर्ण भूमिका रहेका जननीलाई शिक्षाबाट वञ्चित गरिनुभनेको घातक षड्यन्त्र हो । यसले महिला मात्र होइन, पुरुषलाई पनि प्रत्यक्ष असर पर्दछ ।
महिलालाई भेदभाव गर्नु सम्पूर्ण समाज, राष्ट्र र मानवता नै अपूर्ण र अपाङ्ग हुनु हो । महिला एउटा पाङ्ग्रो मात्रै होइन, मुख्य इन्जिन नै हो । मुख्य इन्जिन नै कमजोर भएको गाडी सन्तुलित तरिकाले गुड्न सक्दैन । त्यही गाडीमा बसेको पुरुष पनि आफू मात्र समृद्ध मानव बन्न सक्दैन । त्यसरी पुरुष पनि अपूर्ण र खोक्रो बन्न पुग्छ । शरीर मात्र मोटायो, बुद्धि, विवेकले काम गर्न सकेन भने त्यसको अर्थ हुँदैन । यसरी त कसैले विकास गरेको शिक्षाले शरीर विकास हुन्छ तर मानसिक विकास हुन सक्दैन । यसको मूल कारण संसारको आमाजति अशिक्षित हुनु नै हो भन्ने बुझ्नुपर्दछ । अबदेखि वर्तमान समाजले महिलाका लागि शिक्षाको आवश्यकता महसुस गरेर उनीहरूलाई शिक्षित बनाउने अभिभारालाई प्राथमिकता दिनुपर्दछ ।
मानवजातिको समग्र उत्थानका लागि महिला र पुरुष समान रूपमा विकसित हुनुपर्दछ । त्यसका लागि समानताको नीति अपनाउनुपर्दछ भन्ने निष्कर्षमा मानव समाज पुग्यो । महिलामा स्वयम् पनि शिक्षित हुनु पाउने आफ्नो अधिकार खोसिएको र उक्त अधिकार प्राप्तिका लागि आफै जागरुक भई खोसेर लिनुपर्ने रहेछ भन्ने सचेतना बढ्दै गयो । शिक्षा नै यस्तो सशक्त हतियार हो, जसले सिङ्गो मानव समुदायमा परिवर्तन ल्याउन सक्छ । समस्या पितृसत्तात्मक संरचनामा निहित छ । यो समस्यालाई चिर्ने बाटोमा विविध जटिलताले जरो गाडिरहेको अवस्था अहिले छ ।
शिक्षा व्यक्ति र समाजको उत्थान गर्ने एउटा प्रभावशाली साधन हो । अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न दिशानिर्देशन शिक्षाले नै गर्दछ । शिक्षाले नै आफ्नो नैतिक अधिकारको उपयोग गरेर स्वावलम्बी, आत्मनिर्भर मानव बनेर जिउन सक्ने अवस्था तयार पार्दछ । महिलापुरुषबिचको असमान शक्तिसम्बन्धलाई समानान्तर र सन्तुलनमा राख्दै सुन्दर समाजको निर्माण गर्नु शिक्षाले योगदान दिन्छ ।
महिला पतिको अधीनमा बस्नुपर्दछ भन्ने मानसिकता समाजमा रहेको छ । महिला कहिल्यै स्वतन्त्र हुनु हुँदैन भन्ने पिछडिएको मान्यता पनि छ । यस्ता रूढिवादी शिक्षाले महिलालाई स्वतन्त्र, आत्मनिर्भर र स्वाभिमानी मानव बन्न सघाउँदैन बरु पराधीन र कमजोर बनाउँछ ।
हाम्रो शिक्षालाई परम्पराले थिचिरहेको छ । शिक्षालाई अहिले जति नै नयाँ शिक्षा भने पनि महाभारत, गीता, कुरान, बाइबल जस्ता प्राचीन धार्मिक ग्रन्थको प्रभावले थिचिरहेको छ । ती कुनै पनि धर्मले महिलापुरुष सम्मान ठानेको पाइँदैन । हाम्रा परम्परागत धार्मिक, सांस्कृतिक, आर्थिक, कानुनी, शैक्षिक मूल्यमान्यता र व्यवहार लैङ्गिक रूपमा विभेदकारी, दोषपूर्ण र आपराधिक प्रकृतिका छन् । त्यसो हुनाले तिनले हजारौँ वर्षदेखि विषको काम गरेर करोडौँ महिलालाई अन्धकारमा धकेलिरहेका छन् ।
देशमा नयाँ शिक्षा लागु भए पनि मानिसको क्षमता बढाउँद्रै मानिसलाई आत्मनिर्भर गराउने गरी वैज्ञानिक शिक्षा प्रदान गरिनुको सट्टा अन्धविश्वासलाई नै प्रोत्साहन दिने शिक्षा प्रदान गर्ने कार्य जारी छ । अझै पनि हाम्रो समाजबाट बालविवाह, छाउपडी प्रथा, कमलरी, वादी, बोक्सी, झुमा, दियोको घुम्टो, दाइजो प्रथा आदि जस्ता कुप्रथा र कुसंस्कार हट्न सकेको छैन । वर्तमान शिक्षाले महिलाप्रतिको हेराइ, उनीहरूलाई गर्ने व्यवहारमा दिने मानसम्मान र मूल्यमान्यतामा परिवर्तन ल्याउन सकिरहेको छैन । यसबाट के बुझिन्छ भने वर्तमान शिक्षाप्रणालीको उक्त अव्यवस्थालाई हटाउन कोसिस गर्नु साटो अझै पनि यो वा त्यो कोणबाट यथास्थितिमा जारी राख्न चाहेको यथार्थ प्रष्ट देखिन्छ । आजको शिक्षाको जोड भनेको नै ती विभेद, कुरीति, कुसंस्कारलाई हटाउने हुनुपर्दछ ।
महिलाको कोणबाट हेर्दा वर्तमान शिक्षाप्रणाली पक्षपातपूर्ण, रूढिग्रस्त, लैङ्गिक रूपमा विभेदकारी र अवैज्ञानिक देखिन्छ । शिक्षाको उद्देश्य भनेको सुन्दर र न्यायिक समाज अनि सिर्जनात्मक, आत्मनिर्भर, सबल र जिम्मेवार नागरिक तयार पार्नु हो । त्यसैले पितृसतात्मक वा पुरुषको अनुकूलतालाई केन्द्रमा राखेर निर्माण गरेको सम्पूर्ण शिक्षाप्रणालीमा पढ्ने/पढाउने, विषयवस्तु पाठ्यक्रममा सिक्ने÷सिकाउने तरिका शिक्षण संस्था आदि सम्पूर्ण क्षेत्रमा अमूल परिवर्तनको आवश्यकता छ । त्यसो नगर्दासम्म पाइला पाइलामा विभेदकारी अवरोधले महिलालाई अघि बढ्न दिँदैन र सबल राष्ट्रका लागि आवश्यक स्वाभिमानी, सिर्जनशील, आत्मनिर्भर समाज र राष्ट्रप्रति जिम्मेवारी नागरिक निर्माण गर्न पनि सकिँदैन र सही अर्थमा शिक्षाको उद्देश्य पनि पूरा हुँदैन । युगदर्शन बाट ।
नरमति सिँजाली