शनिबार, साउन १२, २०८१

प्रदेश जानैपर्ने युवाहरुकाे वाध्यता

 

बिश्वास एम सि

प्रदेश जानैपर्ने युवाहरुकाे वाध्यता छ ,प्रदेशीदै,
उसको अब वालापन सकिएछ।उ अव युवा भैसकेछ ।किनकी त्यो हिजको वालक आज को युवा विदेश जाने तयारीमा छ।बृद्धअबश्था का आमावुवा को एउटै मात्र साहारा, उ घर को जिम्वेवारी उठाउन, बृद्ध वुवाआमाको स्वास्थ्य उपचार काे खर्च जुटाउन र भोली का दिनमा आफ्‌नै गाउ मा दुईचार पैसा जम्मा गरी केही गर्ने साेचले त्यो युवा प्रदेशिदै छ।

कसलाई पो रहर हुन्छ होलार घर मा भएका वृद्ध आमाबुवा लाई छाडेर प्रदेश काे वाटाे राेज्न तर के गर्ने उ अब युवा उमेर मा पुग्यो उसको आफ्नै सपना छ परिवार को जिम्मेवारी छ, गाउका हुनेखानेले उनिहरु काे आर्थिक अबस्था राम्रो नहुदा देखायकाे व्यावहार याद छ।पैसा विना त्याे समाज मा उस्काे कुनै भ्यालु छैन भन्ने कुरा थाहा छ।समाजकाे यस्ताे व्यावहार ले गर्दा त्याे युवा काे अन्तिम विकल्प भनेकाे विदेशीनु हुन्छ।
हुनत विकल्पहरु अरु पनि थिय हाेला परीवारको स्थीती ले गर्दा बालापन मै पढाई रोकीन्छ। वापारव्यावसाय गर्न उ सङ्ग प्रयाप्त पैसा हुदैन।गाउँमा ऋण पहिला देखिनै धेरै भयकाे ले अब गाउँका ले उसको परिवार लाई ऋण दिन तयार छैनन् ।जसले गर्दा उस्काे अन्तिम विकल्प नै बिदेश जानू मात्रै बचेकाे छ।
आमावुवा काे बुढेसकालकाे साहारा उ अब उस्काे अन्तिम विकल्प (प्रदेशि)राेज्न वाध्य हुन्छ।भर्खरै काे युवा उ अब बिदेश जाने तयारि मा छ।उस्लाइ त्याे गाउँ ,आमावुवा,साथिभाइहरु,चाडपर्व सम्झिदा बिदेशीने मन त छैन तर उ युवा अबस्थामा मा आइपुग्दा उ भित्र भिन्न खाले साेच पलाउछ।भाेलिका दिन मा मेराे याे समाजमा अस्थित्व राख्ने हाे भने म विदेश जानै पर्छ दुइचार पैसा कमाउनै पर्छ भन्ने खालकाे साेचाइ समाजले गराइदियकाे छ।अनि उ वाध्यता मा परि बिदेश जान्छ।

उस्ले सुनेकाे थियाे बिदेश मा गएपछि आफ्ना सपना पूरा हुन्छन,टन्नै पैसा कमाइन्छ रे । उसले याे बुझेकाे थियन कि उस्काे अब उमेर अरब काे मरुभूमि मा बेचिदैछ,पसरिना बेचिदैछन भनेर बुझेकै थिएन।अनि समय बितेर जाद‌ै गर्दा थाहा पाउछ प्रदेशले गर्दा नत उस्काे उमेर बचेको छ,नत परिवार,नत साथिभाइ न काेहाे आफ्नति ।अब उ एक्लाे छ उ सङ्ग छत केवल प्रदेश।
अन्ततः याे समाज काे यथार्थ घटना हाे तर पनि हामी युवायुवतीहरु बिदेशीन अझै पनि वाध्य छौ।

बिश्वास एम .सि
झिमरुक गा.पा वडा न.३
आहालखाेला,प्युठान।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal