शनिबार, साउन १२, २०८१

नारि तिमी जुट्दै जाउ एकताका अावाज फुक्दै जाऊ

 

पुरुशको नाउँमा कलङ्क पैदा गर्नेहरु।
महिला माथि अत्याचार गर्न तयार बन्नृेहरु।
मर्दाङ्गि देखाउने नर पिचास पुरुसका कायरहरु।।

जीवन साथि भनी एक चिम्टि सिन्दुर हाल्नेहरु।
दुई चार दिनको रमझम पछि सोषण गर्नेहरु।
सस्तो अबिर्को मुल्यमा ल्याउछन नारि हरु।।

श्रीमानको दु:ख पीडा बुझेर अगाडि बड्ने नारिहरु।
सँका उपसँकाको घेराभित्र पार्नेहरु।
मादब पर्दार्थ सेबनगरि कुटपिट गर्ने नर पिचासहरु।।

पर्तेक बेदना सहजतापुर्बक अँगाल्न सक्ने नारिहरु ।
अाफ्नै छातिमाथिको परेड सहन गर्नेमहान हरु।
श्रीमानको कुटाई अमृत सम्झि घुटुक्क पार्नेहरु।।

पराईको घर धन्दा भ्याई गन्तब्य फर्किने नारिहरु।
घर भित्र पस्न नपाउदै अागन्मै कुटाईखाने वीर हरु।
पुरुसका नाउमा कलङ्कित नर पिचास हरु ।।

चुल्ठो लुछेको बेदना सहन सक्ने कठै तिम्रा चयनहरु।
हार गुहार नगरि पैतलामा लुकाउन सक्ने नयनहरु।
रुवाँइ रुवाँई पारि चुल्ठोले मुठ्ठि भर्न सफल कायरहरु।।

कयौबेर बिहोस भई पल्टिन्छन कठै ती नारिहरु
हार गुहार गर्योभने परेड खेल्छ पुरुश हुँ भन्ने डगहरु।
लुछियको चुल्ठोहेरि मनबुझाउन बाध्यछन ऐलि पनि नेपाली नारिहरु।।
( धर्मराज शर्मा कोट्टयाम केरला)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal