शनिबार, बैशाख ८, २०८१

वसले ठक्कर दिएर दुर्घटनामा मिर्त्यु भएका संजय खनालको टिमुले घाटमा अन्त्योस्टी गरियो

 

दिपेन्द्र सुनार प्युठान
रुपन्देहीको सैनामैना नगरपालिकामा आइतबार सवारी दुर्घटना मा परि ज्यान गुमाएका प्युठान जिल्ला झिमरुक गा पा वार्ड न १ का सन्जय खनालको आज अन्त्यस्टी गरिएको छ।
उनको आफनै जन्मस्थल मा पर्ने प्रतिष्ठित घाट टिमुले घाटमा आज हिन्दु परम्परा अनुसार दाहासस्कार गरिएको छ।
बि स २०५९/३/ १ गतेका दिन पिता धुर्ब्रराज खनाल र माता गङगा खनालको कोखबाट कान्छो छोराको रुपमा जन्म लिएका सन्जय सानै देखि अति मिलनसार र सहयोगी भावना का रुपमा परिचित थिए।
आफ्ना बाल्यकाल का दिनहरु प्युठान को सौतामारेको सेरोफेरोमा बिताएका उनले आफ्नो माध्यमिक शिक्षा लेबल गाउकै श्री अ्मर शिह माद्यामिक बिधालय बाट २०७३ सालमा राम्रै ग्रेड लिएर उतिर्ण गरेका सन्जय एस इ इ लेबल सक्काइसकेपछी बिधार्थी नेताको रुपमा पनि परिचीत थिए।
दुई बर्ष सिभिल इन्जिनियरिङ सक्काइसकेपछी उनले पुन कान्ति माध्यमिक बिधालय बुटवलमा मेजर अङ्ग्रेजी विषय लिएर एजुकेशन फ्याक्ल्टि तिर जैन भएका उनी केहि हप्ता अघि जागिरमा पनि जैन भएका थिए ।
तर दैबको लिला गत सनिबार गाउको साथिको जन्म दिनको पाटिमा सहभागी भै आफ्नो कोठामा आइतबार बिहान ५ बजे आउने क्रममा उनी सबार रहेको मोटर साइकल लाई पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९७६८ नम्बर को बसले सोही दिशा तर्फ गैराखेको लु २४ प ९७६८ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा उनी सहित उनका साथी प्युठान कै फिरोज क्षेत्री को उपचारका क्रममा लुम्बिनी प्रादेशिक हस्पिटल बुटवल मा ज्यान गएको थियो।
केही महिना अघि घर बिदामा आएर फर्किएका सन्जय अब कहिले आउने गरि सदाका लागि बुटवल को सडक मै अस्ताउदा उनको दु:खद निधन को खबरले सिङगो गाउनै शोकमा डुबेको छ।
अलबिदा सन्जय

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?