शनिबार, साउन १२, २०८१

लाल गद्दार न बनौं :रवि पौडेल

कबिता रवि पौडेल
माक्र्सवाद ,लेनिनबाद
र,
माअाेबिचारधार काे रक्षा गर्दै ,
देशिय प्रतिक्रियावादी

बिदेशी साम्राज्यवादी शक्ति सँग
गुंडा टेक्ने छैनाै भन्दै
हामीले कसम खाएकै हाे
त्यतिमात्र हाेईन ,
सङगठनकाे नीति ,बिधान
र,
अनुशासन लाई पालना गर्दै
सङगठनमा भईपरि अाउने
सबै बाधा अड्चन हरु लाई
परास्त गर्दै ,
अघि बड्ने छाै भन्दै
हामीले कसम खाएकै हाे
त्यतिमात्र हाेईन ,
हामीले याे सङगठन लाई
अरु ठुलाे र फराकिलो पार्न
नीति नियम लाई कार्यन्वयन गर्दै
याे सङगठन लाई बिचलित हुन दिन्नाै
भन्दै ,
मुठ्ठी उठाई ,चर्काे स्वरमा
हामीले कसम खाएकै हाे
किन अाज ,
अाफैले निर्धारण गरेका
नीति र सिद्धान्त हरु
किन ,कुल्चिदै छाै ?
अाफ्नाे निर्णय अाफैलाइ
किन मान्य भएन !
सङगठन काे नीति,सिद्धान्त
र,
अनुशासन लाई हामीले
किन ,कुल्चदै छाै ?
हामीलाई त्यस्तो कुन राेग लागेको छ
किन हामी अटेर गरिरहेका छाै ?
कतै हामी ,
अरुको दलदलमा फसेका त छैनाै
कतै हामीलाई जान अन्जानमा
फसाउदै त छैनन ?
कतै हामीले ,
लाखौं गरिव बर्ग
मजदुर किसान हरु मा
गद्दारि गरिरहेका त छैनाै ?
सर्वहारा क्रान्ति काे लागि
धाेका दिदै त छैनाै ?
हाेईन ,यदि त्यसाे हाेईन भने
हामी ” लालगद्दार ” नबनाै !!!

रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
मिति :१७-०५-२०२२
२०७८ जेस्ठ ३ गते ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal