शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा बाणगंगा नगर कमिटी को आयोजना शोक सभा सम्पन्न

 

रिसव आचार्य ,कपिलवस्तु ।राष्ट्रिय जनमोर्चा बाण्गंगा नगर कमिटी को अयोजनामा बाणगंगा न पा ११ भड्सरहवामा शोक सभा सम्पन्न भएको छ।राष्ट्रिय जनमोर्चा का क्रियासिल सदस्य चिरञ्जीवी आाचार्य कि ममतामयि आमा टुकादेवि आचार्य को निधन प्रती उहाँकै निवास मा नवौं दिनको दिनमा शोकसभा सम्पन्न भएको हो ।उहाको ८३ वर्षको उमेरमा निधन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य ले शोक मन्तब्य राख्दै टुकादेवि आचार्य मृत्युले पार्टीले एउटा असल अभिभावक गुमाउदा अपुरणिय क्षति भएको बताउनु भएको थियो ।उहाँले मन्तव्य राख्दै टुकादेवि आचार्य ले देखाएको बाटो र प्रेरणा मा पार्टी अगाडि बढ्ने बताउनु भएको छ।
साथै कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा (मसाल ) का जिल्ला प्रवक्ता छविलाल गैरे ले टुकादेवि आचार्य भौतिक रुपमा हामी माझ नरहे पनि उहाँले देखाएको बाटो पार्टी सधैं अघि बढ्ने जनाउनु भएको थियोे ।
कार्यक्रम मृतकका देवर टेकनारायण आचार्य को अध्यक्ष्यता ,रा ज मो जिल्ला अध्यक्ष दधिराम आचार्य को प्रमुख आतिथ्यता,र रा ज मो नेता राम प्रसाद बेल्बासेको सन्चालनमा सम्पन्न भएको थियोे ।मृतक टुकादेविका २ छोरा र ३ छोरी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal