शनिबार, साउन १२, २०८१

“छद्धमहरु”

 

खिमराज चालिसे चंडिगढ

तिमीहरूको जस्तो उच्च हैसियत मेरो नहोला।
मैसेन्जरमा गालिगर्ने कायरता पनि नहोला।।
स्वघोषित क्रान्तिकारी बन्ने छद्धम रुप नहोला।
संजाल प्रयोग गर्दै धम्काउने स्वभाव नहोला ।।

तर फराकिलो मन छ खुल्ला विचार छ हाम्रो।
सहि लाई सहि हो भन्ने अदम्य साहस छ हाम्रो।।
तिमी जस्तो कायर म होइन छद्धम भेषी बन्ने।
बाउको नाम बेची फेरी वैधानिक त मै हु भन्ने।।

ए क्रान्तीको मार्गमा वाधक अवसरवादी हरु।
क्रान्तिकारी पर्दा भित्र लुक्ने अवसरवादीहरु।।
तिम्रो मुकुन्डो देखियो हेर फेरी नी पर्दा च्यातियो।
सम्मान नै तिमीलाइ पचेन त्यसैले त फ्याकियो।।

डोकोले ढाकेर राखेको विरालो पनि म्याउ गर्छ।
क्रान्तिकारी चरित्र भित्र जव विचार पनि मर्छ।।
आफैला क्रान्तिकारी भन्ने अवसरवाद आउछ ।
त्यसैले त उस्ले गुणगान आफ्नै मात्र गाउछ।।

पार्टी क्रांती र परिवर्तन का सिपाहि थाक्दैनन।
झुट वेइमानि गरेर जनता लाई ढाटदैनन।।
बरु जिवनको आहुती दिन्छन हासी हासी यहा।
घर भत्काउदै मेरो घर भत्काए भनिन्न यहा ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal