- रचना – खिमराज चालिसे
फिस्टाले बासको डाली नुगाउछु भनिरहेको छ।
बाँदर ले घर भत्काइ छोडछु भनिरहेको छ।।
कराइ रहेको छ फिस्टो बासको डालीमा बसेर।
डुक्री रहेको छ बाँदर घरको छानोमा बसेर।।
बाँदर को काम नै अर्काको खेती तोडफोड गर्नै।
न आफुले घर बनाउने न बनेको मन पार्ने।।
बाँदर हरुको नाम पनि हुदैन जात मात्र हुन्छ।
नामै नभए नि मान्छे संग मिल्दो अनुहार हुन्छ।।
मिल्दो अनुहार भएकैले झुक्काउन प्रयास गर्छ।
लुकेर बाँदर सधै मान्छे झै बन्ने प्रयास गर्छ।।
मान्छेले बाँदर संग त्यसैले नै दुरी बनाउछ।
बादरले सधै नै बाँदर जातीलाइ सघाउछ।।
कठै कस्तो दुर्दशा हो समाजका बाँदर हरुको।
अर्कोको घर देखेर आफै जल्ने हरुको।।
कहिले नक्कली अनुहार राखि आत्मतृप्ती लिने।
कहिले शान्त समाज खल्वलाउदै आत्मतृप्ती लिने।।
खास्टोले ढोपेर राखेको बिरालो झै म्याउ गर्दैछ।
पर्दा च्यातिएको देख्दैन कठै लुकाछिपी गर्दैछ।।
आज फेरी बाँदर हरुको योजना छर्पस्ट भयो।
पर्दा भित्रको नौटंकी पनि बाहिर आउने भयो।।