शनिबार, साउन १२, २०८१

संझौताहिन संघर्ष

 

 

बिन बहादुर रेग्मी प्यूठानी

  1. “मसालको इतिहासमा यो पहिलाे विद्रोह होइन लास्ट पनि होइन, हिजो विद्रोह गरेर नेकपा एकीकृत बनेका साथीहरु लाई पनि बधाई तथा शुभकामना भनेकै हो, चुनावमा दियो बालेर भिङग्री जलुकेमा आएका थिए भेट पनि भएकै हो, तर त्यही भेट अर्को पटक भएन, बोरी विस्तारा समेटेर माओवादी वैध किरण समुहमा विलय भएको खबर पाइयो। आमूल परिवर्तन क्रान्ति गर्ने भनेर विद्रोह गरेकाहरुको विगत अत्यन्तै दुःखदायी पतन भएको छ। त्यस्तो नहोस्, मसालले गर्न दिएनन भनेर पन्छिन मिल्दैन, जिम्मेवारीबाट नभागुन। शुभ कामना छ।”
    आजको मेरो फेसबूक पोस्टमा कयौ साथीहरुले अब पनि त्यसरी नै त्यही घटना दोहोरिने छ भनेर नसोचौं भन्नु भएको छ। हामी पनि त्यो घटना नदोहोरियोस् भन्ने चाहन्छौं। क्रान्तिकारी हौं भनेर विद्रोह गरेका क्रान्तिकारीहरु आफैले घोषणा गरिएको दक्षिणपन्थी अवसरवाद वा उग्रवामपन्थी अवसरवाद मा पतन वा विलय हुनु स्वयम मसालको लागि पनि दुःखको कुरा हो।
    धनगढीको सुदुर पश्चिम प्रदेशीय कथित बिद्रोही भेला राजमोको ब्यानरमा भएको छ। यसको मतलब यिनीहरूले देशव्यापी रूपमा राजमो कै ब्यानरमा समानान्तर कमिटी गठन गर्नेछन्। पार्टीको नाम पनि नेकपा मसाल नै राख्नेछन् जसरी विगतमा डिलाराम ले मसाल गठन गरे, दीनानाथ ले गरे, गिर्धारीले गरे, अरु अरूले गरे आखिर तिनीहरूको मसाल मौसम परिवर्तन सँगै एकादेशको कथा भइदिए। यिनीहरू पनि यतिबेला मसालले क्रान्ति गरेन भनेर विद्रोह गर्दैछन्। कुरो मसालले क्रान्ति गरेन भनेर होइन , एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको लेलिनबादि संगठनात्मक अनुशासनमा बस्न नसकेर पार्टी नेतृत्वको विरूद्ध आक्रोशमा आवेशमा हतारमा अराजक बन्दैछन्। अनुशासनमा बस्न नसकेर विद्रोह गरेकाले कस्तो खालको क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने र चलाउने होलान? क्रान्तिकारी बन्ने चक्करमा माओवादी ले जस्तै जनयुद्ध सुरु गर्लान् र? यदि त्यसो गरे भने हामीले भन्दै आएको उग्रवामपन्थी गल्ति हुनेछ, विप्लवले जस्तो छिटपुट कार्यबाही गरेर कम्युनिस्ट क्रान्ति सफल सम्भव पनि छैन। त्यो भन्दा बढी अगाडि बढेर क्रान्तिको उद्घोष गर्ने यिनीहरूको चिन्तन र अराजक चरित्रले दिने छैन तैपनि यिनीहरूको कथित क्रान्तिकारी आवरण ले सर्वसाधारण जनतालाई केही समय भ्रम दिन सक्छन्। त्यसको लागि हामीसँग एउटै हतियार छ निर्ममतापूर्वक सम्झौताहीन संघर्ष। हामीले सम्झौताहीन संघर्ष को परम्परालाई निरन्तरता दिँदै पार्टी बचाउन अग्रिम मोर्चामा सफल हुँदै आएका छौं र यसपालिको कथित जागरण क्लबको विद्रोह लाई पनि निर्ममतापूर्वक सम्झौताहीन संघर्ष गरेरै अगाडि बढ्नेछौं र पार्टी को नीति सिदान्त बचाउनेछौं।
    नेकपा मसाल -जिन्दाबाद।
    राजमो- जिन्दाबाद!!
    आठौ महाधिवेशन- जिन्दाबाद!!!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal