शनिबार, साउन १२, २०८१

महाधिवेशनमा पास भएका प्रस्तावहरु अर्को महाधिवेश सम्म कार्यनन गरेर जानुपर्छ

बिन बहादुर रेग्मी प्युठानी

कसले के भन्यो भन्दा पनि मलाई जहाँ तक थाहा छ आठौ महाधिवेशन सम्पन्न हुँदा सम्म दुई भिन्न मत तल सम्म फोरम चलाएका हुन्। म पनि थिए। अल्पमत बहुमत महाधिवेशन सम्पन्न भए सँगै सकिन्छ र अल्पमतको विचार लाई अर्को महाधिवेशन सम्म रिजर्व राखिन्छ बहुमतको निर्णय कार्यान्वयन मा जान्छ। बहुमतको निर्णय कार्यान्वयन मा जाने क्रममा कथित अल्पमतका साथीहरु अलग्गै भेला गरेर गुटबन्दी गर्छन। जागरण अभियान गुटबन्दीको उदाहरण छ त। पार्टी केन्द्रले हांकको सम्बन्धमा गरेको निर्णय कथित अल्पमतका साथीहरु ले मान्नु पर्छ नि। यही त हो लेनिनवादी संगठनात्मक प्रणाली। क्रान्तिकारी कम्युनिस्ट पार्टीको मेरुदण्ड यही त हो। एउटा जीवित प्राणीमा पनि मेरुदण्ड नै भाँचियो भने के हुन्छ हामि सबैलाई थाहा छ त। अब कुरा रह्यो कारबाहीको । गलत गरेपछि कारबाही गरे पछि महाधिवेशन को विरोध गरेर हुन्छ? महाधिवेशन प्रतिनिधि द्वारा निर्वाचित केन्द्रिय समिति र नेतृत्व को विरोध गरेर क्रान्तिकारी भइन्छ र? यहाँ मोहनविक्रम सिंहको चर्को बिरोध भएको छ। पार्टीले त मार्क्सवाद लेलिनबाद माओबिचरधारा को लाइन छोडेको छैन त। कार्यगत एकता को सन्दर्भमा वली प्रतिगमनको विरूद्ध कांग्रेस सहितको संयुक्त मोर्चा मा सामेल भएको छ। संयुक्त मोर्चा को निति उहीँ पुरानै त हो। संयुक्त मोर्चा मा सामेल हुनु र अनुशासनको कारबाही एउटै कुरा हुँदै होइन। किन फेरि साथीहरु यसरी बौलाउँदै छन्?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal