शनिबार, साउन १२, २०८१

“एमसीसीको बिरोध “

तिजी गित

 

(जुना भन्डारी चालीसे मालिका गाउँपालिका ६ हाल भारतको चंडिगढ)

एमसीसी हामीलाई संघियता जस्तै छ।
उठौ जुटौ यस्को हाम्ले बिरोध गर्नु छ।।

देशैभरी एमसीसीको बिरोध चलिरहेको छ।
यदि बिरोध नभएमा देशै जाने छ।।
चारै तिर उठ्न पर्छ जुट्न पर्छ नेपाली।
एमसीसी फाली बाचौ शिर उचाली।।
बचाउन सक्छौ देश चारै तिर जागे ता।
दिन्छौ बरु रगतको बली मागे ता ।।
देश जान दिने छैनौ उठ्छौ एकजुट भएर।
बस्ने छैनौ एमसीसी को दमन सहेर।।
ईतिहास मै भएको छैन हाम्रो देश गुलामी।
एमसीसी पारित भए आउछ सुनामी।।
जता ततै एमसीसी को बिरोध गरौ साथी हो।
हैन भने सुस्त सुस्त देश खाने हो।।
एमसीसी ठीक छैन खारेज गर्नु पर्ने छ।
हैन भने सुस्त सुस्त जन्ता मर्ने छ।
मशाल जुलुस उठेको छ एमसीसी लाइ मासन।
पारित भए चलाउने छ उस्ले शासन।।

राष्ट्र अनी राष्ट्रीयता बचाउन पर्ने छ।
हैन भने एमसीसी ले देशै खाने छ।
पैसामा बिके का नेता हरू होसीयार।
देश निकाला गर्ने छन जनता जुटे पार ।।
एमसीसी हामी लाई संघीयता जस्तै छ।
उठ्नै पर्छ जुट्नै पर्छ यस लाई मास्नलाई।।
एमसीसी हटाउ भन्ने लेख्ने सानो कलम ।
सानो गीत लाई यही रोके लाल सलाम।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal