शनिबार, साउन १२, २०८१

हेपिएका हरुकाेअावाज सुन

रवि पौडेल
सुन !!!
हेपिएका हरुकाेअावाज सुन
दबिएका हरुकाे अावाज सुन
खालि खुट्टा पटपटि फुटेका
हातका अाैलामा ठेला उठेका
मजदुर हरुकाे अावाज सुन

भाेकाे पेट सडक मा सुत्ने काे अावाज सुन
चिसाे भुई मा सुत्केरी पीडा काे अावाज सुन
अाधा शरीर छाेपेर कठ्याङग्रिएका
खुल्ला अाकास मुनि काे चीत्कार सुन

बिउमल र पानी नपाइ रहेका किसान काे अावाज सुन
खडेरि ले चिरिएको जमिन र
पानी काे अभावले सुकेका बालिहरु काे
हलाे जुवा र गाेरु काे मेहनत सुन

झाडापखाला ले ज्यान जाने परिवार काे चीत्कार सुन
उपचार नपाएर थला परेका गरिव काे कथा सुन
शिक्षा नपाएर बाेल्न नसक्ने काे कथा सुन
शिक्षा पाएर डिग्री हाेल्डर काे बिदेशीने कथा सुन ।

धन्यवाद ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal