रबि पाैडेल ,पाण्डेचरि।
गन्तव्य काे मुहान खाेज्न
म बाहिर निस्कें
खेत र बारिका काल्लाहरु
पार गर्दै ,
जंगल काे बाटो हुँदै
गन्तव्यमा पुग्न
म,धेरै अघि पुंगे
धेरै अप्ठ्यारो हरु अाए
पानी मा भिज्दै
भाेकै र प्यासै
लामो दुरि पार गरेपछि ,
एउटा सहर भेटियो
सहर केही झिलिमिलि थियाे ।
किन कि !
म गाउँ बाट अाएकाे थिंए
गाउँमा अँध्यारो बस्ति !
फेरि पनि ,
पक्कि सडकमा खाल्डाखुल्डी
कार ,बस र स्कुटरका अावाज हरु
मलाई अचम्म लाग्यो !
बिकाश ,समृद्धि का कुरा
भन्ने यहीँ हाेला ?
मनमा प्रस्न उठ्यो
तर ,
म एक्लै थिंए बाटोमा
प्रस्न राख्ने अर्को संगि थिएन
गन्तव्य मेरो
क्रान्ति ,
अाषा ,भराेसा र बिस्वास का किल्ला
नयाँ जनबाद
र
साम्यवाद सम्मकाे थियाे
मैले कहिले पनि साेचिन
कि,
जनबाद अाउँदैन भनेर !
मलाई क्रान्ति गर्नु छ
म भाैंतारिदै छु
क्रान्ति खाेज्दै
खेतबारी काल्लाहरु
जंगल र खाेलाखाेल्साहरु देखि
खाेजिरहेकाे छु !
हेरिरहेको छु !
क्रान्ति नभेटे पनि
जनबाद भेटिन्छ कि !
कतै साम्यवाद नै भेटिन्छ कि ?
म ,त्याे,
शहर मा पनि खाेंजे
कतै पुराना घरहरू मा
क्रान्ति छ कि !
जनबाद छ कि !
अग्ला पर्खालमा !
अग्ला गेटहरु भित्र !
कारखाना भित्र !
कतै भेटिन
अनि ,
मलाई थाहा भयो
म त एक्लै पाे रहेछु !!!!!